काठमाडौं । सरकारले अबिलम्ब कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रणका लागि ठोस कदम चाल्न आवश्यक रहेकोमा जोड दिइएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कृषि उत्पादन बढाउन सरकारले कृषियोग्य जग्गाको खण्डिकरण नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।
आज नेपाल कृषि सहकारी केन्द्रीय संघको वार्षिक साधारण सभामा अध्यक्ष तिमिल्सिनाले पछिल्लो समय कृषि योग्य जमिनमा प्लटिङ गरी बस्ती बसाउने क्रम बढेको भन्दै नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकारको पहिलो काम नै कृषि योग्य जमिनको खण्डिकरण नियन्त्रण हुनुपर्ने बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले दबाबका कारण स्थानीय तहबाट जग्गाको वर्गिकरण पछि कित्ताकाट संभव नभएको स्पष्ट गर्नुभयो ।
उहाँले नेपाली उत्पादन अन्य देशले आफ्नो देशमा उत्पादन भएको भनेर कपि राइट गरेको हुनसक्ने भन्दै अब मौलिक उत्पादन स्थानीय प्रमाणित भएरु दर्ता आवश्यक रहेको बताउनुभयो ।