आजबाट तरकारी र खाद्यान्नमा विषादिको मात्रा परीक्षण हुने

विदेशबाट ल्याइने तथा स्वदेशमै उत्पादित तरकारी तथा खाद्यान्नमा सरकारले विषादिको मात्रा परीक्षण गर्ने भएको छ ।

कृषि तथा पशुपंक्षीमन्त्री वेदुराम भुसालका अनुसार मंगलबारको मन्त्रिपरिषद्ले तरकारी र खाद्यान्न जाँच सम्बन्धी कार्यविधि पारित गरेको छ ।

मन्त्रालयका विभिन्न विभागद्वारा सञ्चालित ल्याबहरूमा तरकारी र खाद्यान्नमा रहेको विषादी जाँच गरिने कार्यविधिमा उल्लेख छ । कार्यविधि पारित भएसँगै यो कार्यान्वयनमा जानेछ ।

विदेशबाट ल्याएको मात्रै नभएर स्वदेशमै उत्पादन भएका तरकारी र सबै किसिमका खाद्यान्नमा पनि विषादीको मात्रा कति छ भनेर जाँच गरिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here