चितवन – कृषि तथा वन विज्ञानविश्वविद्यालय स्थापना दिवसको अवसरमा जेठ ३२ गतेबाट असार ३ गतेसम्म हुने कृषि प्रदर्शनी तथा कृषक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।
मेला आयोजक समितिको सचिवालयका सदस्य सचिब उप प्राध्यापक सुमन ढकालका
अनुसार मेला व्यवस्थापनका लागि चाहिने आवश्यक भौतिक पूर्वधार देखि अन्य प्राविधिक काम पनि अन्तिम चरणमा पुगको छ ।
विश्वविद्यालय स्थापना यता निर्धारित उदेश्य प्राप्तिमा केही सकस परेको भन्दै संयोजक ढकालले यो मेलाले सबै अन्यौलतालाई चिर्ने विश्वास लिनुभयो ।
मेलामा १ हजार ५ सय किसान र १ हजार विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ । मेलामा वैज्ञानीक, नीति निर्माता अनुसन्धान र विकास सम्बन्धी संघ संस्था तथा व्यापारी र सामान्य नागरिकको पनि सहभागिता हुनेछ ।