रामपुरमा हुने कृषि प्रदशनी तथा कृषक मेलाका लागि स्टल बुकिङ खुला

चितवन – कृषि तथा वन विज्ञान विश्विद्यालयको दशौं स्थापना दिवसको अवसरमा जेठ ३२ गतेबाट असार ३ गतेसम्म कृषि प्रदशनी तथा कृषक मेला हुने भएको छ । मेलामा १ हजार ५ सय किसान र १ हजार विद्यार्थीको सहभागिता रहने आयोजकले जनाएको छ ।

कृषि तथा वन विज्ञान विश्रविद्यालयको आयोजनामा हुने मेलामा वैज्ञानीक, नीति निर्माता अनुसन्धान र विकास सम्बन्धी संघ संस्था तथा व्यापारी र सामान्य नागरिकको पनि सहभागिता हुनेछ ।

कृषि प्रदशनी तथा कृषक मेलको मुख्य प्रायोजक बन्नका लागि ५ लाख रुपैयाँ लाग्नेछ । मुख्य प्रायोजक संघसंस्थाको लोगो र नाम मूख्य ब्यानरमा प्रकाशन गर्ने तथा हरेक प्रकाशन र प्रचारको सामाग्रीमा प्रायोजकको लोगो र नाम प्रकाशन गर्नुका साथै निशुल्क स्टल प्रदान गरिने आयोजकको भनाई छ ।

मेलाको सहप्रायोजक ३ लाख रुपैयाँ लाग्नेछ । सहप्रायोजकको लोगो, नाम मुख्य ब्यानरमा राख्नुका साथै निशुल्क स्टल उपलब्ध गराइनेछ । मेलाको प्रायोजक बन्न २ लाख रुपैयाँ लाग्ने र प्रायोजकको नाम प्रायोजकको नामावलीमा समावेश गरिनेछ ।

मेलामा सहभागि हुनका लागि स्टल बुकिङ गर्नुपर्नेछ । स्टलका लागि १० हजार रुपैयाँ दर राखिएको छ । प्रदशनीकर्ताले आफ्नो स्टल बुुकिङ गर्नका लागि जेठ २० गतेसम्म स्टल बुकिङ बापतको रकम बैकमा जम्मा गर्नुपर्नेछ ।

स्टल बुकिङका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको प्रभु बैक नारायणगढ शाखाको खाता नम्बर ०१७११६९२७६३०००००१ मा रकम जम्मा गर्नुपर्नेछ । मेलामा फुुलसम्बन्धी ५, आइटी सेक्टर ५, एग्रोभेट १० , फार्म मेसिनेरी १०, कृषि सम्बन्धी संघ संस्थाको ५ तथा खानासम्बन्धी ५ र बैक तथा बित्तिय संस्थाका ५ वटा स्टल रहनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here