कृषिको जमिन घट्यो किसान बढे, किसानले गाई र गोरु पाल्न छाडे

नेपालमा कृषि गर्ने जमिन घटेको र कृषि गर्ने जनसंख्या भने बढेको पाइएको छ । सातौं कृषि गणना २०७८ को तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयले यस्तो जानकारी दिएको हो ।

नयाँ विवरणअनुसार नेपालमा २२ लाख १८ हजार हेक्टर जमिनमा कृषि गरिएको छ । जुन २०६८ सालको तुलनामा ३ लाख ८ हजार हेक्टरले कम हो ।

अघिल्लो कृषि गणनामा २५ लाख ३१ हजार हेक्टर जमिनमा खेति गरिन्थ्यो । नयाँ तथ्यांकअनुसार कृषि गर्ने परिवार संख्या भने ३ लाख परिवारले वृद्धि भएको छ । नयाँ तथ्यांकअनुसार देशभर ४१ लाख ३१ हजार परिवार कृषिमा आबद्ध छन् । २०६८ मा यस्तो परविार संख्या ३८ लाख ३१ हजार थियो ।

यस्तै, नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ । राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो १० वर्षमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको छ ।

तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई–गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई–गोरु पालनमा थिए । नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

कार्यालयकाअनुसार नेपालमा १८ लाख ७७१ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here