जैविक विषादीको प्रयोगमा कृषकको आर्कषण

चितवन, असार २९ –  राप्ती नगरपालिका वडा नम्बर १ का किसानहरुले वालीनालीमा जैविक विषादी प्रयोग गर्न थालेका छन । किसानहरुले रासायनिक विषादीको प्रयोग विस्तापित गरी जैविक विषादी प्रयोग गर्न थालेका हुन ।

सो वडाका २ सय ७१ जना किसानले तरकारी तथा परम्परागत वालीनालीमा जैविक विषादी प्रयोग गर्न थालेको राप्ती नगरपालिका अन्तर्गतको कृषि शाखाका प्रमुख श्रीकृष्ण न्यौपानेले जानकारी दिनुभयो । एक वर्ष अघि सुरु गरिएको आइपीएम कृषक पाठशालाबाट प्रभावित भएर किसानहरुले रासायनिक विषादीको प्रयोग विस्तापित गर्न थालेको उहाँले बताउनुभयो ।

९९ प्रतिशत विषादीको प्रयोग हुने सो नगरपालिकाले वडा नम्बर.१ बाट रासायनिक विषादी प्रयोगको अन्त्य गर्ने अभियान सुरु गरेको हो । जैविक विषादीको प्रयोग बढाउन कृषि शाखाले तीन ठाउँमा ठुला ट्याङकी र प्रत्येक घरमा साना ट्याङकी वितरण गरेको छ ।

किसानहरुले खुर्सानी, निपमत्ता, गाईको पिसाब हालेर घरमै जैविक विषादी उत्पादन गरेर प्रयोग गर्न थालेको न्यौपानेले बताउनुभयो । मेयर प्रभा बरालले रासायनिक विषादी विस्तापित गर्दे तीन बर्ष भित्र नगरलाई आइपीएम युक्त नगर घोषणा गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here