– मदन भण्डारी
शहरिकरण र आधुनिकीकरण बढ्दै जाँदा मानिसले दैनिक गर्दै आएका धेरैजसो कामहरु दिनको केही घण्टामै फत्ते हुन्छन । मानिसको दिमाग प्रकृतिले नै सृजनशिल बनाइदिएको हामीलाई थाहै छ । त्यसैले काम सकाएपछि मानिस अनेक चाहिदा नचाहिदा विषयहरुमा घोत्लिएर आफ्नो अमुल्य समयलाई त खेर फाल्छ नै दिमागलाई अनावश्यक तनाव दिनाले दिनप्रति दिन मानिसमा मानसिक समस्याले जरो गाड्दै आइरहेको छ ।
नेपालको प्रचलन अनुसार प्राय पुरुषहरु घरबाहिरको काममा व्यस्त हुन्छन र आफुलाई कुनै काम वा मनोरञ्जनमा व्यस्त राख्ने गर्दछन तर प्राय महिलाहरु भने दिनभर घरको काम गर्छन, नानी बाबुको रेखदेख गर्छन । नानीबाबुलाई विद्यालय पठाएपछि भने उनीहरु घरमा एक्लै हुन्छन । उनीहरुका कुरा सुनिदिने घरमा कोही हुदैन । जव उनीहरु घरको काम सकाउछन अनि मनमा अनेक तर्क वितर्क उव्जिन थाल्छन । एक्लोपनको शिकार भइसकेका महिलाहरु संगीहरुसंग कुरा गर्दा घरका कुरा साटासाट गर्छन र यताका कुरा उता हुदा कुनै कुरामा चित्त दुखेपछि एकआपसमा वैमनश्यता बढने गर्दछ । यसैले पनि उनीहरु धेरै साथी बनाउन रुचि देखाउदैनन र दिन प्रति दिन एक्लिँदै जान्छन र मानसिक रोगको शिकार बन्दछन । अर्कोतर्फ कोही मानिस अरुले आफ्नो मनको कुरा नभनि नै बुझुन भन्ने चाहन्छन । त्यस्तो साथी अहिलेको जमानामा आमाबुवा भन्दा अरु कोही हुन प्राय असम्भव छ अनि उनिहरु प्नि अन्तत मानसिक रोगी बन्दछन । पाल्तु जनावर उनीहरुका लागी उत्तम विकल्प बन्न सक्छ ।
पाल्तु जनावरको साथले मानिसको तनाव, रिस र थकान हराउने वैज्ञानिकहरुको एक अध्ययनले देखाएको छ । पाल्तु जनावरले मानिसका निम्ति एउटा साथि, उत्प्रेरणा र आधारको रुपमा भुमिका निर्वाह गर्दछ । घरमा थकित भएर प्रवेश गर्दा पाल्तु जनावरले पुच्छर हल्लाएर आत्मिय स्वागत गर्दा मानिसको थकान गायव भएको महशुस हुन्छ । त्यस्तै बसिरहेको समयमा छेउमै लुटुपुटु गर्दै बसिदिँदा हर्षविभोर महशुस हुन्छ । उनीहरुसंग खेल्दा थाहै नपाइ घण्टौँ व्यायम भइरहेको हुन्छ, उनीहरु खेल्न पायो भने प्राय जतिवेला पनि तयार हुन्छन ।
यसरी पाल्तु जनावर शहरी जीवनको एक आत्मिय पाटो बनेको छ । अन्य मानिस घरमा ल्याउदा सुरक्षाको डर हुने साथै भनेको समयमा उपलव्ध नहुने तर पाल्तुजनावर पाल्दा कुनै आतिथ्यता विना नै उनीहरुले एक्लो पन मेटाइदिने हुनाले पाल्तु जनावर पाल्ने क्रम बढ्दो छ । घरको सुरक्षा हुने, अपरिचत मानिस प्रवेश गर्न नपाउने बालक देखि वृद्धसम्म सवैको साथी हुने पाल्तु जनावर एक्लो पन बाट हुने मानसिक समस्या, डिप्रेसन तथा एक स्वस्थ्य मानिसलाई समेत असल साथी बन्दै आएको छ ।
यसरी पाल्तुजनावर पाल्नाले मानसिक समस्याका कारण हुने चिकित्सक खर्च, औषधि खर्च, पारिवारिक तनावबाट छुट्कारा पाइन्छ । यस्तै एक विश्वाशिलो र मनपर्दो साथीको पनि प्राप्ति हुन्छ । मानिस जनावरप्रति कु्रर बन्न पाउदैन, जनावरलाई आफ्नो साथीको रुपमा पाउदा उत्प्रेरणा, आधार र एक असल साथित्वको आभास दिलाउछ ।
हाल देशका प्रमुख शहरहरु काठमान्डौं, पोखरा, बुटवल, विराटनगर, धरान, चितवन, नेपालगञ्ज लगाएतमा कुकुर, बिरालो, खरायो, मुसा, गीनी पिग जस्ता पाल्तु जनावर पाल्ने टे«न्ड नै बनेको छ । पाल्तु जनावर जस्तै हिजोआज पाल्तु पंक्षी (सुगा, मैना, परेवा आदी), पाल्तु सरसृप (कछुवा, छेपारो), पाल्तु जलिय प्राणी (माछा, भ्यागुता) पनि पाल्ने प्रचलन छ ।