बैशाख पहिलो साताको असिना पानीका कारण पर्वतको बालीमा ठूलो नोक्सानी

तस्विर : बासुदेव रेग्मीको फेसबुकबाट

पर्वत । बैशाख पहिलो साता परेको असिना पानीका कारण पर्वतको तरकारी तथा फलफुलमा क्षती पुगेको छ । कषि ज्ञान केन्द्रका अनुसार पर्वतमा ५३२.२७ मेट्रिक टन तरकारी तथा फलफुल क्षती भएको हो ।

पर्वत जिल्लाका विभिन्न सात वटा स्थानीय तहका कृषकले लगाइएका फलफुल खेतीका क्षती झण्डै २ करोड १५ लाख ९ हजार रुपैयाँ भएको कृिष ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार पर्वत जिल्लाका सात स्थानीय तहमा भएको क्षतीको विवरण यसप्रकार रहेको छ :

क्र.स. गा. पा. / न. पा. क्षति रु मुल्यमा क्षति मे.ट.
महाशिला गाउँपालिका ७७,६४,००० १९४.१
कुश्मा नगरपालिका ३०,१७,०००  ७१.७२
फलेवास नगरपालिका १७,०६,००० ४२.६७
पैयू गाउँपालिका  ३,३३,००० ८.३३
विहादी गाउँपालिका ३०,३२,००० ७४.०५
जलजला गाउँपालिका २७,३५,००० ६८.३८
मोदी गाउँपालिका २९,२२,००० ७३.०५
कुल क्षति २,१५,०९,००० ५३२.२७
स्रोतः कृषि ज्ञान केन्द्र, पर्वत