कृषि डेली – गण्डकी प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री विकास लम्सालले पर्वत जील्ला पर्यटकिय हवको रुपमा विकास हुँदै गइरहेको बताउनुभएको छ ।
कुश्मामा आयोजित गाउँ तथा नगरपालिकाको वार्षिक समिक्षा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालको मुख्य पर्यटकिय हव पोखराको छिमेकी जिल्ला भएर पनि पर्वतले त्यसको फाइदा लिन नसकेको भन्दै उहाँले अब पर्वतमा पर्यटकलाई अडिएर बस्न योग्य बनाउन आफू लागि परेको बताउनुभयो ।
पछिल्लो समय बन्दै गरेका भौतिक संरचनाले पर्वतको पर्यटन विकासमा महत्वपूर्ण योगदान पुर्याएकाे बताउँदै उहाँले त्यसलाई व्यवस्थित बनाउन पनि सबैमा आग्रह गर्नुभयो ।
आफू पर्वतका विभिन्न पर्यटकिय गन्तव्यको पहिचान गरी त्यसको प्रवद्धनमा लागेको पनि मन्त्री लम्सालको भनाइ छ ।