प्रदिप पौडेल / कृषि डेली ।
चितवन, जेठ ४ –
कुखुरापालनको राजधानी मानिएको चितवनमा फेरि बर्डफ्लु देखिएको पुष्टि भएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका ९ मा दुई जना किसानको खोरमा कुखुराको नमुना परीक्षण गर्दा वर्ड फ्लु भएको पुष्टि भएको राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालाका बरिष्ठ पशु चिकित्सक डा. दयाराम चापागाईले जानकारी दिनुभयो ।
स्थानीय राजन चौधरी र लक्ष्मण चौधरीको कुखुरा खोरमा वैशाख १५ गते २७ सय कुखुरा मरेका थिए । मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु देखिएको पुष्टि बिहीबार मात्रै भएको हाे ।
शुक्रबार उक्त कुखुराको खोर वरपरका कुखुरा र हाँस मार्ने र तथ्याङ्क लिने काम गरिएको डा. चापागाईले बताउनुभयो । यसअघि गएको चैत २२ गते पूर्वी चितवनको रत्ननगर – १५ माधवपुरको एक कुखुरा र्फममा हप्ता दिनमा ३ हजार ७ सय कुखुरा मरेका थिए ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ राजन चौधरी को फर्ममा केन्द्र बिन्दु बनाएर देखीयको बर्ड फ्लू अभियन एन्फ्लुन्जा एच ५ एन १ देखीएपछी कृषि मन्त्रालय को हिजो राति को मन्त्री स्तरीय बैठक बाट निर्देशन जारी भै केन्द्रिय स्तरीय टोलि आएर जिल्ला पशु सेवा कार्यालय र रास्ट्रइय पशु रोग अन्वेषण प्रयोगशाला भरतपुर चितवन को समन्वय मा उक्त नगरपालिका का क्षेत्रमा रहेका हास , कुखुरा तथा अन्डा को नस्ट गर्ने कार्य गरिएको थियो ।
उक्त नगरपालिकामा चार किल्ला बर्डफ्लु संकट ग्रस्त क्षेत्र घोषणा गरिएको छ । संकट ग्रस्त क्षेत्रमा पुर्ब ( सुतेनी कच्चि बाटो , पश्चिम् ( पर्सा बजार रोड, उत्तर (पुर्ब पश्चिम् राजमार्ग र दक्षिण ( पुरानो पुर्ब पश्चिम् राजमार्ग लाई तोकिएको छ ।
उक्त क्षेत्रमा रहेका ब्रोइलर ६ हप्ता भन्दा भन्दा माथि का ४ गोटा , हास ६ हप्ता भन्दा माथी का का ७० गोटा ,तथा ६ हप्ता भन्दा कम का ७४ वटा ,लोकल कुखुरा ६ हप्ता भन्दा माथिका ४ गोटा, तथा ६ हप्ता भन्दा कम उमेर का १९ गोटा , हास का अन्डा १२३ गोटा , टर्की का अन्डा ३ गोटा , र दाना ७ केजी नस्ट गरिएको जिल्ला पशु सेवा कार्यालय का पशु चिकित्सक डा. बिकाश श्रेष्ठले जानकारी दिनुभयो ।
what is priligy dapoxetine Phytochemistry 2009; 70 8 1009 1016
GLUT1 at the BBB cost of cytotec pill