विषादी रोकथामका लागि सप्ताहव्यापी कार्यक्रम

चितवन । (घातक विषादीको प्रयोग हटाऔं, जैविक विविधताको संरक्षण गरौं) भन्ने नाराका साथ चितवनमा सप्ताहव्यापी विषादी राेकथाम कार्यक्रम सुरू भएकाे छ ।

पछिल्लाे सयम कृषि उत्पादनको क्षेत्रमा व्यापक रूपमा विषादी प्रयाेग भएकाे र यसले मानव स्वास्थ्यमा पार्ने असरका बारेमा जनाचेतना फैलाउन सप्ताहव्यापी कार्यक्रम गरिएकाे प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र हरिहरभवन, ललितपुरका नि‍. प्रमुख सहदेव प्रसाद हुमागाई
ले बताउनुभयाे। सप्ताहव्यापी कार्यक्रम अन्तर्गत  पौष २१ गते प्लान्ट क्वारेन्टीनएवं विषादी व्यवस्थापन केन्द्रमा पत्रकारसँग भेटघाट कार्यक्रम गरिएकाे छ।

पौष २२ गते कृषि ज्ञान केन्द्र चितवनमा पत्रकारसँग भेटघाट कार्यक्रम  सम्पन्न भएकाे हाे ।  पौष २३ गते प्रदेश सरकार, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय प्रदेश ३ का मन्त्रीको प्रमुख अतिथ्यमा प्रभातफेरी कार्यक्रम  कृषि ज्ञान केन्द्रमा बाट सुरु भएर महानगर तरकारी तथा फलफूल वजार क्षेत्रपुर मा पुगेर समापन हुनेछ ।

पौष २४ गते चितवनमा विषादी सम्वन्धी सरोकारवालाहरु वीच अन्तरकृया कार्यक्रम गर्ने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले बताउनुभयाे । त्यस्तै पौष २५ गते नवलपुरमा उपभोक्ता मञ्चहरुको सहकार्यमा विषादी सम्वन्धि अन्तरकृया गोष्ठी संचालन र षौष २६ गते रत्ननगर नगरपालिकामा अन्तरकृया कार्यक्रमकाे गरिने ज्ञान केन्द्रले जनाएकाे छ ।

पत्रकार सम्मेलनकाे अवसरमा नेपालमा विषादीकाे सुरूवात र यसले पछिल्लाे समय लिएकाे रूपमा पनि व्याख्या गरिएकाे थियाे ।  जस अनुसार नेपालमा अन्य देशको तुलनामा प्रति इकाइ जमिनमा विषादीको प्रयोग निकै कम (३९६ ग्राम खास विषप्रति हेक्टर प्रतिवर्ष) रहे पनि करिव ८५ प्रतिशतभन्दा वढि विषादी तरकारी वालीमा मात्र प्रयोग हुने गरेको पाइएको छ । गतवर्षको तथ्यांक हेर्दा नेपालमा ६३२.४१ टन खास विष विषादी आयात भएको देखिन्छ जसमा कीटनासक २१६ टन, रोगनाशक २६७ टन, झारनासक १४२ टन र अन्य ५ टन रहेको  जनाइएकाे छ ।

पछिल्लाे समय नेपालमा विषादीको आयातको लागि करिव ८४ करोड रुपैया गत वर्ष खर्च भएको देखिन्छ । विषादीको कारणले तत्काल असरको रुपमा मानवमा मुर्छा, झाडा पखाला, कम्पन, दृष्टी कमजोर तथा मृत्यु सम्म ल्याउछ भने दीर्घकालीन असरमा अन्धोपना, क्यान्सर, ट्यूमर, नपुंसकता, वाझोपन, विकृत वच्चाको जन्म, शरीरका विभिन्न अगंहरुमा असर, नशा सम्वन्धि समस्याहरु जस्तै पक्षघात लगायतका समस्या ल्याउने विश्र स्वास्थ्य संगठनले पनि जनाएकाे छ ।