लमजुङ – लमजुङका लेकाली क्षेत्रमा किसानहरु अलैंची टिप्न थालेका छन् । सातसय देखि १ हजार २ सय मिटर उचाई सम्मको जमिनमा लगाइएको अलैंची टिप्न शुरु गरिएको हो ।
उचाई अनुसार फरक–फरक समयमा अलैंची पाक्ने हुँदा सो भन्दा माथिल्लो क्षेत्रमा लगाइएको अलैची असोज लागेपछि मात्रै टिप्न शुरु गरीने छ । अलैंची पाकेपछि किसानहरु टिप्न, छोडाउन र सुकाउन व्यस्त भएका छन् । दिनभरी टिप्ने, राति छोडाउने र फेरी भट्टीमा सुकाउनु पर्ने हुँदा अलैची किसानहरु व्यस्त भएका हुन् ।
जिल्लाको भुलभुले सहित बाँझाखेत, घनपोखरा, खुदी, गांैडा, इलमपोखरी, दुधपोखरी, बन्सार, ढोडेनी, फलेनी, ताघ्रिङ, कोल्की, पसगाउँ लगायतका गाउँ पाखामा किसानहरुले व्यवसायिक अलैची खेती लगाएका छन् ।