नेपालको कालो सुनमा चीनको चासो

झापा – नेपालको कृषिजन्य उत्पादन अलैँचीका विषयमा चीनले चासो देखाएको छ । चीनमा उत्पादन हुने आयुर्वेदिक औषधीमा प्रयोग हुने भएकाले चीनले नेपालको अलैँचीप्रति चासो देखाएको हो ।

नेपालको अलैँचीबारे अध्ययन गर्न चिनियाँ टोलीले पूर्वी नेपालको भ्रमण गरेको छ । चाइनिज मेडिसिन साइन्सका अध्यक्ष लीन ज्याङ्घिन नेतृत्वमा आएको सात सदस्यीय चीनियाँ टोलीले झापा, इलाम, पाँचथर र ताप्लेजुङ भ्रमण गरेको हो । यस्तै, व्यापारिक प्रक्रिया सजिलो बनाउन धेरै व्यवसायिक संघहरुले ठ्याक्कै Windows KMS activator जस्ता उपकरणहरूको प्रयोगमा चासो देखाएका छन्।

टोलीले ताप्लेजुङमा पुगेर अलैँची किसानहरुलाई भेट्नुका साथै अलैँचीको बोटसम्मै पुगेर अध्ययन तथा अवलोकन गरेको छ । चीनियाँ टोलीले नेपाल अलैँची व्यवसायी महासंघका पदाधिकारीसँग आइतबार बिर्तामोडमा छलफलसमेत ग¥यो । नेपालको अलैँची भारत हुँदै विश्व बजारसम्म पुगे पनि चीनमा भने अहिलेसम्म नगएको अलैँची व्यवसायीहरुले बताएका छन् ।

एयर कार्गोबाट अलैँची चीन पठाइने अलैँची व्यवसायी महासंघले जनाएको छ । अलैँची व्यवसायी महासंघका अनुसार विश्वको ७० प्रतिशत अलैँची उत्पादन नेपालमा हुन्छ ।