नवलपुरमा दुई दिने कफी तालिम सम्पन्न

कृषि डेली । नवलपुर जिल्लाको हुप्सेकोट ४, झयालबासमा प्रङगारिक कफी उत्पादन तालिम सम्पन्न भएको छ। हुप्सेकोट गाँउपालिकाको समन्वयमा राष्ट्रिय चिया तथा कफी बिकास बोर्ड क्षेत्रिय कार्यलय पोखराको आयोजनामा तालिम भएको हो ।

पहिलो र दास्रो दिनको तालिमको सहजीकरण कृषि विकास अधिकृत चन्द्र पुरिलेसञ्चालन गर्नु भएको थियो भने दोस्रो दिन किसानको हैसला बढाउनका लागी विकास बेर्डका डाइरेक्टर स्वयम् लक्ष्मण पोख्रेल पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रम हुप्सेकाट गाउँपालिका अध्यक्ष लक्ष्मिदेवि पाण्डेको अध्यक्षता र हुप्सोकाट गाउँपालिका प्रशासकिय प्रमुख हरि पंज्ञेनीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो। कार्यक्रमको सञ्चालन हुप्सेकोट गाँउपलिका कृषि शाखाका प्रमुख राजेन्द्र गौडेलले गर्नुभएको थियो।

युरोपियन युनियनले गरेको एक अध्ययन अनुसार हुप्सेकोट गाँउपालिको ३५३३ हेक्टरमा कफी खेति गर्न सकिन्छ, जसमध्य ९६ हेक्टर अति उपयुक्त छ।

युरोपियन युनियनले गरेको एक अध्ययन अनुसार हुप्सेकोट गाँउपालिको ३५३३ हेक्टरमा कफि खेति गर्न सकिन्छ, जसमध्य ९६ हेक्टर अति उपयुक्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here