मकवानपुरका किसान ड्रागन फ्रुटको व्यावसायिक खेतीमा

मानव स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक मानिएको ड्रागन फ्रुटको मकवानपुरमा व्यावसायिक रुपमा खेती सुरु गरिएको छ । पछिल्लो समय करोडौँ लगानी गरी यहाँका किसान ड्रागन फ्रुटको व्यावसायिक खेती गर्न लागिपरेका छन् ।

जिल्लामा दुई वर्षयता १५ बिघा क्षेत्रफलमा ड्रागन फ्रुटको खेती गरिँदै आएको छ । सो खेतीको विस्तार क्रमशः बढ्दै गएको कृषि ज्ञान केन्द्रका योजना अधिकृत उमराज अर्यालले जानकारी दिनुभयो । जिल्लाको गर्मी ठाउँमा यसको व्यावसायिकरुपमा खेती भइरहेको छ । करेसाबारी, घरको छतमा तथा खेतमा ड्रागन फ्रुटको खेती भइरहेको छ ।

“जिल्लालाई ड्रागन फ्रुटमा आत्मनिर्भर बनाउने प्रयास भइरहेको छ”, अर्यालले भन्नुभयो । जिल्लाको मनहरि, बकैया, मकवानपुरगढी तथा हेटौँडा उपमहानगरपालिकाका विभिन्न ठाउँमा ड्रागन फ्रुटको व्यावसायिक खेती भइरहेको छ । सबैभन्दा बढी हेटौँडा–११, १२ र १७ मा यसको खेती गरिएको छ । “धेरैले घरको छत र करेसावारीमा ड्रागन फ्रुट लगाउने गरेको पाइएको छ”, अर्यालले भन्नुभयो ।

ड्रागन एक पटक लगाएपछि २० वर्षसम्म सोही बिरुवाबाट फल दिने गर्दछ । दुई वर्षदेखि ड्रागन खेतीमा समपिर्त मनहरिका हरिशरण अर्याल लगानीअनुसार प्रतिफल प्राप्त भइरहेको बताउनुहुन्छ । बाह्र कट्ठा जग्गामा यसको खेती सुरु गर्नुभएका उहाँले वर्षेनी विस्तार गर्र्दै लैजानु भएको छ । अर्यालले प्रतिकिलो ड्रागन रु. ६ सयदेखि रु सात सयसम्ममा बिक्री गर्दै आउनुभएको छ । नेपालमा पछिल्लो समय ड्रागन फ्रुट खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ । हाल दाङ, चितवन, झापा, धनकुटालगायत जिल्लामा व्यावसायिक रुपमा यसको खेती गरिँदै आएको छ ।

मनहरि, मकवानपुरगढी र थाहा नगरपालिका कृषि र पशुपालनका लागि नमूना क्षेत्र मानिन्छन् । यहाँको प्रमुख आयस्रोत नै कृषि र पशुपालन हो । जिल्लामा हाल साना ठूला गरी ७० भन्दा बढी पशुपालन केन्द्र सञ्चालनमा रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

2 COMMENTS

  1. com 20 E2 AD 90 20Natural 20Viagra 20Watermelon 20And 20Lemon 20Juice 20 20Precisa 20De 20Receita 20Para 20Comprar 20Viagra 20Feminino natural viagra watermelon and lemon juice BEIJING HONG KONG China reiterated its opposition on Thursday to a European Union plan to limit airline carbon dioxide emissions and called for talks to resolve the issue a day after its major airlines refused to pay any carbon costs under the new law how to buy generic cytotec without a prescription

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here