लकडाउनका कारण चितवनको मह उत्पादनमा कमी

हिरालाल आचार्य ‘डायमण्ड’

चितवन । गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण चितवनको मह उत्पादनमा कमी आएको छ । लकडाउन अगाडी चरनक्षेत्रका लागि जिल्ला बाहिर लगिएका मौरीको मह निकाल्न नपाएपछि चितवनमा मह उत्पादन घटेको हो ।

लकडाउनका कारण मौरी कृषकले मह काढ्न नपाएका कारण उत्पादनमा ५० प्रतिशत कमी आएको नेपाल मौरीपालक महासंघ चितवन शाखाका अध्यक्ष रोशन पण्डितले जानकारी दिनुभयो । केही किसान लकडाउन अघि नै मौरीलाई चरनक्षेत्रमा लगेपनि केही किसानले भने फूल फुल्ने ठाउँमा मौरी लान पनि नपाएको उहाँले बताउनुभयो ।

चैत बैशाख भनेको मह काढ्नुका साथै अत्याधिक मात्रामा गोला वृद्धि हुने समय हो । प्रायः घारहरूमा नयाँ रानीमौरी जन्मने समय भनेको यही हो । एउटा घारमा रहेका दुईवटा रानीमौरीमध्ये एकलाई छुट्याएर अलग्गै घारमा राख्नुपर्छ । मौरीको घार वृद्धि गर्ने प्रमुख उपाय पनि यही हो । जसका लागि बेलाबेलामा मौरीको घारको रेखदेख गरिरहनु पर्छ । तर मौरी भएको ठाउँसम्म पुग्न नपाउँदा किसानले मौरीको घारमा पनि वृद्धि गर्न नसकेको पण्डितको भनाई छ ।

यो वर्ष मह उत्पादनका लागि मौसमले साथ दिए पनि सरकारले मौरी किसानका लागि उचित प्रवन्ध मिलाउन नसकेको उहाँले बताउनुभयो । मह उत्पादनमा कमी आउँदा र घार संख्यामा वृद्धि गर्न नसक्दा धेरै किसानहरुले ठूलो नोक्सानी व्यहोर्नु परेको किसानको गुनासो छ ।

चितवन जिल्लामा १५ हजारको हाराहारीमा मौरीका घार रहेका छन् । जसबाट वर्षेनी करिव ६०० मेट्रिक टन मह उत्पान हुँदै आएको छ । २०५२ सालमा चितवनबाट सुरु भएको व्यावसायिक मौरी पालन यतिबेला देशैभरी फैलिएको छ ।

4 COMMENTS

  1. Wonderful site you have here but I was wanting to know if you knew of any user discussion forums that cover the same topics talked about in this article? I’d really like to be a part of community where I can get advice from other knowledgeable individuals that share the same interest. If you have any recommendations, please let me know. Thank you!

  2. Howdy, i read your blog occasionally and i own a similar one and i was just wondering if you get a lot of spam comments? If so how do you protect against it, any plugin or anything you can recommend? I get so much lately it’s driving me mad so any support is very much appreciated.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here