रामपुरका विद्यार्थीको हर्कत, प्राध्यापकलाई दले कालोमोसो

  •  
  •  
  •  
  •  
  •  
  •  

रामपुर कृषि तथा वन बिज्ञान विश्वबिद्यालयका कृषि संकायका प्रशासनिक सहायक डिन तथा प्राध्यापकमाथि कालोमोसो र जुत्ताको लगाईदिएको छ ।

प्राध्यापक बिष्णुराज ओझालाई आफ्नै बिद्यार्थीहरुले र्दुव्यवहार गर्दे कालोमोसो र जुत्ताको माला लगाई दिएका हुन् । उनीहरुले ओझाले ३० दिनमा सकाउनु पर्ने कोर्ष ४ दिनमा सकाएको आरोप लगाएका छन् ।

ओझाले बिरोध गर्ने बिद्यार्थीको प्राक्टिकल नम्वर नै कम दिने गरेको बिद्यार्थीहरुको आरोप छ । साथै बिद्यार्थीहले ओझाले कयौ बर्षदेखि झारा टारेर कोर्ष सकाउने काम मात्र गरेको पनि आरोप लगाएका छन् ।

ओझाको बारेमा प्रशासनलाई बारम्बार ध्यानार्कषण गराउँदा पनि बेवास्ता गरेपछि आफैले कारवाही गर्न बाध्य भएको उनीहरुको भनाई छ ।


  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here