कालिानटीको स्टलमा देखिएको सिन्डिकेट हटाउन कृषि मन्त्रीको सक्रियता

काठमाडौं – कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालले काठमाडौंस्थित कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गर्नु भएको छ । किसान र आम उपभोक्तालाई मारमा पार्ने खालका गतिविधि संचालन भईरहेका बेला मन्त्री खनाल कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौंधरीसहितको टोलीले आज कालिमाटी फलपूmल तथा तरकारी बजारको अनुगमन गर्नु भएको हो ।

अनुगमनकै क्रममा मन्त्री खनालले किसानको पहिचान गरेर मात्रै पसलका लागि स्टल उपलब्ध गराउन कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका पदाधिकारीलाई निर्देशन दिनुभयो । मन्त्री खनालले कालिमाटी बजारबाट माछाको स्टल हटाउने पनि बताउनु भयो । दूर्गन्धित ठाउँमा राखिएको माछाले मानव स्वास्थ्यमा असर पार्ने भएकाले सो बजारबाट माछाको स्टल हटाउने निर्णय लिनु परेको मन्त्री खनालले स्पष्ट पार्नुभयो ।

कालिमाटी फलफूल तथा तरकारी बजारमा करिव ३ सय वटा स्टल रहेका छन । बिचौलियाहरुका कारण ती स्टलहरुको व्यवस्थापनमा समस्या भएपछि सरकारले त्यसको उचित व्यवस्थापन गर्न लागेको हो । मन्त्री खनालले किसान र उपभोक्तालाई मारमा पार्ने काम अव सरकारले हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here