spot_img

सलह किरा व्यवस्थापनका लागि प्राविधिक कार्यदल गठन

काठमाडौं । अफ्रिकी मुलुकहरुमा महामारीको रुपमा फैलिएको सलह किरा व्यवस्थापनका लागि उच्च स्तरिय सलह किरा प्राविधिक कार्यदल गठन भएको छ ।

अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म फैलिएको सलह किरा ( Locust) नेपालमा भित्रिएमा कसरी व्यबस्थापन गर्ने भन्ने विषयमा उच्च स्तरिय सलह किरा प्राविधिक कार्यदल गठन भएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मंगलबार उक्त कार्यदल गठन गरेको हो । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव प्रसाद हुमागाईंको अध्यक्षता भएको समितिमा नेपाल कृषि अनुसन्धान परिषदका वरिष्ठ वैज्ञानिक सुनिल अर्याल, प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत महेशचन्द्र आचार्य , केन्दिय कृषि प्रयोगशालाका वरिष्ठ बाली संरक्षण अधिकृत राजिवदाश राजभण्डारी , र कृषि वैज्ञानिक डा. समुन्द्र जोशी सदस्य रहेको कार्यदलका अध्यक्ष हुमागाईंले जानकारी दिनुभयाे ।

उक्त कार्यदलले आगामी ३ दिन भित्रमा अध्ययन गरेर तयारी योजनाकोे प्रतिवेदन पेश गर्ने उहाँले बताउनुुभयो ।

1 COMMENT

Comments are closed.

ताजा समाचार

सम्बन्धित समाचार