कृषि मन्त्रालयको बजेट कटौती, कृषि मन्त्री असन्तुष्ट

फाइल तस्विर

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुषालले कृषि क्षेत्रलाई प्रधानमन्त्रीले चासो नदिएको आरोप लगाउनुभएको छ ।

आज काठमाडौंमा पेशागत महासंघ नेपालले गरेको कार्यक्रममा उहाँले आगामी आर्थिक वर्षको बजेटमा पनि मन्त्रालयको बजेट कटौतिमा गरेको भन्दै असन्तुष्टि जनाउनु भएको हो ।

उहाँले बजेट कटौति नगर्न अर्थमन्त्री र प्रधानमन्त्रीसँग आग्रह गरेपनि अर्थतन्त्र संकटमा रहेको भन्दै आवश्यक चासो नदिएको आरोप लगाउनुभयो ।

उहाँले कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड भएपनि कृषि क्षेत्रमा लगानी गर्न सरकार कन्जुस बनेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको विकासकालागि सिंचाईको व्यवस्था र बाँझो जमिनको उपयोगलाई बढाउनुपर्ने बताउनु भयो ।