कृषि डेली – कुश्मा नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण डाटा इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अनलाइन पोर्टलको शुरुवात गरेको छ ।
https://kushmakinbech.com नाम रहेको अनलाइनमा नगरपालिका मातहातका वडाले नागरिकको लगइन पासवर्ड बनाइदिने छ । जसबाट हरेक नागरिकले लगइन गरेर आफ्नो व्यतिगत डाटा पोर्टलमा राख्ने र त्यसलाई कार्यालयले स्विकृत गरे पछि सबैजनाले हेर्न सकिने व्यवस्था मिलाइएको कुश्मा नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुवास पौडेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा नगरपालिका अन्र्तगतको वडा नम्बर ७ बाट नै डाटा संकलन र राख्ने काम गर्ने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
मुख्य गरी कृषिबाट नगर समृद्धिको सपना देखेको नगरपालिकाले पोर्टलको सहयताले कृषि क्षेत्रका काम र तथ्यांकलाई बाहिर ल्याउने विश्रास गरिएको छ ।
अनलाईन पोर्टलको आइतबार एक कार्यक्रमकाबीच राष्टियसभा अध्यक्ष गणेश तिम्सिना ले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा कुश्मा नगरपालिकाका सबै वडाका वडाध्यक्षको सहभागिता रहेको थियो ।