एजेन्सी । आजकाल स्वास्थ्य विज्ञले मानिसहरुलाई डाइटमा सुपरफूड समावेश गर्न सल्लाह दिन्छन् । तर सुपरफुड भन्ने बित्तिकै मानिसहरुको मनमा यस्ता खानेकुरा महँगा होलान् वा निकै मुश्किलले भेटिने खानेकुरा होलान् भन्ने पर्न जान्छ । भारतमा ‘हेल्दी लिभिङ विद शरण’ मा लाइफस्टाइल एण्ड न्यूट्रिशियन कन्सल्टेन्टको रुपमा काम गरिरहेकी शालू निझावनले मानिसहरुलाई पाँच प्रकारको सुपरफुड खाने सल्लाह दिएकी छिन् । उनले यस्ता सुपरफूडबारे जानकारी दिएकी छिन् जुन सस्तो मूल्यमा बजारमा सजिलै पाउन सकिन्छ ।
शालू निझावनका अनुसार महँगो वा मुश्किलले पाइने फलफूल–सागसब्जीलाई सुपरफूड मान्नु सही होइन । कुनै पनि चिजलाई सुपरफूड भन्नु अघि त्यसको न्यूट्रिशन भ्यालूबारे थाहा हुनुपर्छ । स्वास्थ्य विज्ञका अनुसार तिल, तुलसी, मेथी, पुदिना, धनिया, बन्दा, गाजर वा मूलका साग पनि हाम्रो लागि कुनै सुपरफूडभन्दा कम छैन । अर्को, फाइबर वा तत्काल ऊर्जा दिने कुनै पनि फल हाम्रो लागि सुपरफूड हो ।
ताजा अर्गानिक तरकारी हाम्रा तेस्रो सुपरफूड हुन् । हामीले विभिन्न रङको फलफूल खानुपर्छ । यसका हरेक रङ्गमा विभिन्न प्रकारको फाइटोन्यूट्रियन्ट्स हुन्छन् जसले हाम्रो प्रतिरोधी क्षमतालाई बुस्ट पनि गर्छ । सिड्स अर्थात् बिउ हाम्रो चौथो सुपरफूड हुन् । हामीले आफ्नो दैनिक खान्कीमा हेल्दी फ्याट र फाइबरले भरपुर सिड्स समावेश गर्नुपर्छ ।
यस्तै अर्को सुपरफूड भनेको गेडागुडी हो । फाइबर र प्रोटिनले भरपुर गेडागुडीमा विभिन्न प्रकारको पौष्टिक तत्व पाइन्छ । स्वास्थ्य विज्ञका अनुसार हामीले दैनिक राती सुत्नु अघि गेडागुडी भिजाएर राख्नुपर्छ जसलाई हामी बिहान नास्तामा खान सकौं । थोरै गेडागुडीले पनि हाम्रो भोक नियन्त्रण गर्न मद्दत गर्छ जसले मोटोपना र विभिन्न रोगबाट हामीलाई टाढा राख्छ ।
This website online can be a stroll-by means of for the entire info you needed about this and didn’t know who to ask. Glimpse right here, and you’ll definitely discover it.
Thanks , I’ve recently been looking for info about this subject for ages and yours is the best I’ve discovered so far. But, what about the bottom line? Are you sure about the source?
I visited a lot of website but I believe this one has got something special in it in it
0vqox9
e0vq5d
I love it when people come together and share opinions, great blog, keep it up.
d90odt
azz1q2