प्राविधिक ज्ञानबिना नै सप्रिएको सूर्यमुखी फुलको खेती

सुनसरी, वैशाख ८ –

सूर्यमुखी फुल खेतीको पर्याप्त सम्भावना रहेपनि सुनसरीका किसानहरुले व्यावसायिक खेती गर्न सकेका छैनन । राम्रो सम्भावना हुदा हुदैपनि आवश्यक प्राविधिक ज्ञानको अभावकाकारण पूर्वका किसानहरुले सुर्यमुखीको खेतीलाइ व्यावसायिक बनाउन नसकेका हुन् ।

बर्जु गाउँपालिका–६ का किसानहरुले वर्षदेखि सुर्यमुखी फुलको खेती गर्दै आएका छन् । प्राविधिक ज्ञानको अभावका बाबजुद पनि यहाँका स्थानीयको सूर्यमुखी खेती सप्रिएको छ । स्थानीयले व्यवसाय गर्नका लागि नभई आफ्नै परिवारमा आवश्यक पर्ने खाने तेलकालागि सुर्यमुखी खेती गर्दै आएका हुन् । प्राविधिक ज्ञान नहुँदा देखा सिकीमै शुरु गरेको खेतीबाट किसानले राम्रो उत्पादन गरिरहेका छन् ।

फुलको बिउ थ्रेसिङ, सिचाई र तालिमको ब्यवस्था गरे बर्जु गाउँपालिकाका किसान व्यासायिक सूर्यमुखी फुल खेती गर्न तयार देखिएका छन् । किसानलाई प्राविधिक ज्ञानकै अभावका कारण कमसल बीउको प्रयोग गर्दा बाली बिग्रिने र घाटा सहनुपर्ने समस्याले सताउने गरेको छ ।

पुष माघमा रोप्नुपर्ने सूर्यमुखी फुलको बाली वैशाख १५ गतेसम्म तयारी हुने गर्छ । प्रतिकट्ठा खेतीबाट ८० किलोसम्म उत्पादन लिन सकिने फुलको १० किलो बीयाबाट ४ लिटर तेल निकाल्न सकिने किसानहरु बताउँछन् ।

सुनसरीमा १ हजार हेक्टर क्षेत्रफलमा सुर्यमुखी फुलको खेती हुने गरेको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here