तरकारीजन्य खाद्यमा ध्यान नदिदा नाम्लेकिराले ज्यान लिन सक्छ

एजेन्सी – छोरीले हरेक दिन जस्तो टाउको दुख्यो भनेर गुनासो गर्न थालेपछि आमा बुबालाई यसबारेमा बुझ्न धेरै मुस्किल भइरहेको थियो । आखिर किन उनीहरूको छोरी टाउको दुख्यो भन्छिन् भनेर कुनै भेउ नै पाउन सकेनन् । 

लगभग ६ महिनादेखि यस्तो चल्दै आएपछि उनीहरू छोरीलाई जँचाउन गए । परीक्षणपछि जब यसको कारण थाहा भयो, उनीहरूले विश्वासै गर्न सकेनन् ।

सानी बच्चीको दिमागमा १०० भन्दा धेरै टेपवर्म (नाम्लेकिरा) अर्थात फित्तेकीराको अण्डा थियो जुन मस्तिस्कमा ससाना क्लटका रुपमा देखिएका थिए । अहिले ती बच्चीको उपचार भारतको एक अस्पतालमा न्यूरोलोजी डिपार्टमेन्टका चिकित्सकहरूको रेखदेखमा चलिरहेको छ । चिकित्सकहरूका अनुसार कुनै पनि चीज राम्रोसँग नपकाई खाएमा र सरसफाइमा त्यति ध्यान दिइएन भने टेपवर्म पेटमा पुग्छ । त्यसपछि रक्त प्रवाहसँगै टेपवर्म शरीरको अलगअलग भागमा जान्छ ।

के हो टेपवर्म (नाम्लेकिरा) ?

गाँउघरमा फितेकिरा भनिने टेपवर्म (नाम्लेकिरा) एक परजिवी हो । यो आफ्नो पोषणको लागि अरुमा आश्रति हुने जीव हो । मानिसको शरीरमा पसेपछि खाना नियमित पाउने हुनाले यो धेरै समयसम्म बाँच्न सक्छ ।

यसको ५ हजारभन्दा धेरै प्रजाति पाइन्छन् । यो एक मिलिमिटरदेखि १५ मिटरसम्म लामो हुनसक्छ । कुनैबेला यसको एक मात्रै आश्रय हुन्छ भने कुनै बेला एकभन्दा धेरै । यसको शरीर खण्डखण्डमा बाँडिएको हुन्छ ।

यसको शरीरमा हुकको जस्तो संरचनायुक्त हुन्छ जसकारण यो आफ्नो आश्रयदाताको अंगसँग टाँस्सिएर बस्छ । शरीरमा रहने क्युटिकलको मद्दतले यसले आफ्नो भोजन लिन्छ । यसले पचाइएको भोजन मात्रै लिन्छ किनभने यसको पाचनतन्त्र हुँदैन ।

कसरी फैलन्छ टेपवर्म (नाम्लेकिरा) ?

टेपवर्म (नाम्लेकिरा)को संरचना रिबनजस्तो चेप्टो हुन्छ । फित्तेकीराको अण्डा शरीरमा प्रवेश गर्‍यो भने यसले आन्द्रामा आफ्नो घर बनाउँछ । तर, यो पुरै जीवनकाल आन्द्रामा नै बस्छ भन्ने हुँदैन । रगतसँगै यो शरीरका अन्य भागमा समेत पस्छ ।

एसियाको तुलनामा युरोपेली देशहरूमा यसको खतरा कम छ । एनएचएसका अनुसार शरीरमा टेपवर्म छ भने पनि त्यसको कुनै लक्षण देखिन्छ नै भन्ने हुँदैन । तर, धेरैजसो केसमा पटक यो शरीरको केही अति संवेदनशील अंगमा पुग्नसक्छ जसले खतरा निम्त्याउँछ ।

सुरुमै थाहा भए यसको उपचार गर्न पनि सजिलो छ । त्यसैले धेरै हानिकारक नभए पनि यसलाई बेवास्ता गर्नु खतरनाक हुनसक्छ ।

टेपवर्म (नाम्लेकिरा) कसरी मानिसको शरीरमा पुग्छ ?

आधा पाकेको वा काँचो सुँगुर वा बीफ खाँदा यो मानिसको शरीरमा पुग्छ । त्यस्तै आधा पाकेको वा काँचो माछाको सेवन गर्दा समेत यो मानिसको शरीरमा प्रवेश गर्ने सम्भावना हुन्छ । । वास्तवमा यी जीवहरूमा टेपवर्मको (नाम्लेकिरा) लार्भा हुन्छ । फलतः माछा मासु राम्रोसँग पकाएर खाइएन भने टेपवर्म शरीरमा पुग्छ ।

यसका अन्य कारणहरू निम्न छन्

-दूषित पानी

बन्दागोभी, पालक जस्ता हरियो सब्जीलाई राम्रोसँग पकाएर खाइएन भने पनि टेपवर्म (नाम्लेकिरा) शरीरमा पुग्नसक्छ ।

यसैले फोहोर पानीमा वा माटोको सम्पर्कमा फल्ने सब्जीहरूलाई सफा पानीले राम्रोसँग पखालेर खाँदा राम्रो हुन्छ ।

-टेपवर्म (नाम्लेकिरा) संक्रमणको लक्षण

सामान्य रुपमा यसको कुनै धेरै सटिक लक्षण देखिँदैन तर, टेपवर्म शरीरमा छ भने शौचबाट थाहा हुन्छ । यसबाहेका पेटमा दुखाइ, डायरिया, कमजोरी र वान्ता हुने, भोक नलाग्नेजस्ता समस्या यसको प्रमुख लक्षण हो ।

शरीरमा टेपवर्म (नाम्लेकिरा)को सङ्ख्या वा अण्डाको सङ्ख्या धेरै छ भने चक्कर आउने, छाला पहेँलो हुने, खोकी लाग्ने, सास फुल्ने, आँखाले हेर्न गाह्रो हुनेजस्ता समस्या समेत देखिन सक्छन् ।

के के छन् त बच्ने उपाय ?

टेपवर्म (नाम्लेकिरा) एकपटक मानिसको शरीरमा पुग्यो भने यसको औषधिको सेवनबाट नै छुटकारा पाउन सकिन्छ । तर, केही सावधानी अपनाउने हो भने यसको संक्रमणबाटै जोगिन सकिन्छ ।

यस्ता छन् बच्ने उपाय

-कुनै पनि जनावरको मासुलाई राम्रोसँग पकाएर मात्रै खाने ।

-फलफूल तथा सब्जीहरूलाई खानुभन्दा अगाडि राम्रोसँग पखाल्नेे ।

-खाना खानुभन्दा पहिले हात धुने । शौच गरेपछि हात र नङ राम्रोसँग सफा गर्ने ।

-सफा पानी पिउने ।

-पशुचौपायासँग सीधा सम्पर्कबाट बच्ने वा त्यस क्रममा विशेष सावधानी अपनाउने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here