काठमाडौं । बझाङमा पशुमा लाग्ने लम्पी स्किन रोगले महामारी रुप लिएको छ । पशुलाई ज्वरो आउने, शरिरका बिभिन्न भागमा गाँठा गुँठी देखिने, पाक्ने र पशुहरु दुब्लाउदै जाने रोग देखिन थालेपछि पशुपालक कृषक चिन्तित भएका छन् । रोगले गर्दा कृषकले पालेका पशु मर्न थालेको किसानको गुनासो छ ।
बझाङमा लम्पी रोगका कारण झण्डै एकसय बढी पशुचौपाय मरिसकेको केदारस्युँ गाउँपालिका–४ का अध्यक्ष कल्यान मल्लले जानकारी दिनुभयो । अहिले यो रोगको संक्रमण केदारस्युँ गाउँपालिका भरी फैलिएको छ ।