राप्ति नगरपालिकामा पालिएका पशुमा बाझोपनको समस्या

चितवन,
चैत ११ – राप्ति नगरपालिका ८ ब्रह्मनगरका किसानले पालेका अधिंकाश गाईभैसीमा बाझोपनको समस्या देखिएको छ ।

राप्ति नगरपालिकाको पशुसेवा शाखाले ब्रह्मनगरमा आयोजना गरेको निशुल्क पशु स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका मध्ये ६० प्रतिशत गाईभैसीमा बाझोपनको समस्या देखिएको हो । शिविरमा उपचार सेवा पाएका ४ सय ६४ पशुमध्ये २ सय ८७ वटामा बाझोपनको समस्या देखिएको पशुसेवा शाखा प्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । आन्तरिक परजिवी किसानमा प्राविधिक ज्ञान नहुनु, आहाराका कारण बाझोपनको समस्या देखिएको प्रमुख भण्डारीले बताउनुभयो ।

बझोपन न्यूनिकरणका लागि पशुलाई दिने आहाराको साथै प्राविधिक ज्ञान हुनुपर्ने उहाँले बताउनुभयो ।

बझोपन न्यूनिकरण गर्नका लागि हरियो घाँसमा आधारित पशुपालन गर्नुपर्नेमा उहाँले यस्तो बताउनुभयो । नेपाल पोलिटेक्निक इन्स्टिच्यूटको प्राविधिक सहयोगमा भएको सो शिविरमा डा. महेश सापकोटा, डा.योगेन्द्र श्रेष्ठ, डा. श्यामबहादुर राउत र पशु स्वास्थ्य प्राविधिक विनोदकुमार लालले पशुको स्वास्थ्य परिक्षण गरेका थिए ।