पर्याप्त वर्षा नहुँदा धानबाली सुक्‍न थाले, मन्त्रालयको तथ्यांकमा ६४ प्रतिशत रोपाइँ सकियाे

काठमाडौ:-
साउन महिना लाग्दासम्म देशका अधिकांश जिल्लामा ठूलो मनसुनी वर्षा हुन नसक्दा रोपिएको धानबाली सुक्न थालेको छ । आकासको पानीको भरमा धान रोपाइँ गरिएको धानबाली पर्याप्त वर्षा नहुँदा प्रभावित भएको हो ।

रोपिएको धानमा पानीको अभाव सिर्जना भएपछि खेतमा चिरा पर्न थालेको छ । खास गरी प्रदेशका पहाडी जिल्लाको तुलनामा धान उत्पादनका प्रमुख जिल्ला तराईमा बालीलाई पुग्ने गरी मनसुनी वर्षाको अभाव भएको छ ।  पूर्वी र पश्चिमी तराइका क्षेत्रमा मनसुनी वर्षा साउन लाग्दासम्म पूर्णरुपमा सक्रिय हुन नसकिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएककाे छ ।

कृषि मन्त्रालयकाे तथ्यांक अनुसार यसवर्ष असारमा नेपालभर ६४ प्रतिशत रोपाइँ भएको छ । जुन गत आर्थिक वर्ष २०७४/०७५ को भन्दा करिब १० प्रतिशत बढी हो । गतवर्ष साउन २ गतेसम्म ५३।८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो

सुदूरपश्चिमाञ्चलमा सबैभन्दा बढी अर्थात् ८९.३६ प्रतिशत रोपाइँ भएको छ । उच्चपहाडी जिल्लामा ६३.९५ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडी र तराईका जिल्लामा क्रमशः ६६‍.९९ र ६३.२ प्रतिशत रोपाइँ सकिएको छ । सो अवधिमा पूर्वाञ्चलमा ४८.७३ प्रतिशत, मध्यमाञ्चलमा ६०.७६ प्रतिशत, पश्चिमाञ्चलमा ७३.४१ प्रतिशत र मध्यपश्चिमाञ्चलमा ६९.२३ प्रतिशत रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलका उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ५१.९४ प्रतिशत रोपाइँ भएको छ भने इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरजस्ता मध्यपहाडी जिल्लामा ५३.५९ प्रतिशत रोपाइँ सकिएको छ ।

त्यस्तै, पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा ४७.२४ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी, मध्यमाञ्चलका उच्चपहाडी जिल्ला दोलखा, रसुवा र सिन्धुपाल्चोकमा ४७.५५ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडी जिल्ला रामेछाप, सिन्धुली, नुवाकोट, काभ्रे, मकवानपुर, भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङमा ६६.७१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, तराईका जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट र चितवनमा ५९.७१ प्रतिशत रोपाइँ भएको छ ।

पश्चिमाञ्चलका मध्यपहाडी जिल्ला पाल्पा, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, तनहुँ, लमजुङ, अर्घाखाँची र गुल्मीमा ७३.५० प्रतिशत रोपाइँ भएको छ भने तराई जिल्ला कपिलबस्तु, रुपन्देही र नवलपरासीमा ७३.३५ प्रतिशत रोपाइँ भएको छ । मध्यपश्चिमाञ्चका उच्चपहाडी जिल्ला जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्लामा ९३.७७ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडी जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा र प्युठानमा ६९.६९ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, तराई जिल्ला बाँके, बर्दिया र दाङमा ६७।६५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिमाञ्चलका उच्च पहाडी जिल्ला बझाङ, बाजुरा र दार्चुलामा ८३.६५ प्रतिशत, मध्य पहाडी जिल्ला डडेलधुरा, डोटी, बैतडी र अछाममा ७४ प्रतिशत र तराई जिल्ला कैलाली र कञ्चनपुरमा ९५.३७ प्रतिशत रोपाइँ भएको छ ।

असार मध्यसम्ममा नेपालभर कुल २२.७ प्रतिशतमात्रै रोपाइँ भएको थियो । उच्च पहाडमा सबैभन्दा बढी ३८.२१ प्रतिशत, मध्यपहाडमा २९.९ प्रतिशत र तराईमा १८.६५ प्रतिशत रोपाइँ भएको थियो भने असार १८ गतेसम्मको तथ्याङ्कअनुसार मध्यपश्चिमाञ्चलको उच्चपहाडमा सबैभन्दा बढी ८०.२२ प्रतिशत रोपाइ भएको थियो भने सुदूरपश्चिमाञ्चलको उच्च पहाडमा ५६.५५ प्रतिशत, मध्यमाञ्चलको उच्च पहाडमा २५.४० प्रतिशत, पूर्वाञ्चलको उच्च पहाडमा १९.७१ प्रतिशत रोपाइ भएको थियो ।

जसअन्तर्गत सुदूपश्चिमाञ्चलमा सबैभन्दा बढी ५०.२१ प्रतिशत रोपाइ भएको थियो भने मध्यपश्चिमाञ्चलमा २९.७२ प्रतिशत, पश्चिमाञ्चलमा २४.८४ प्रतिशत, मध्यमाञ्चलमा ११.६६ प्रतिशत, पूर्वाञ्चलमा १६.१९ प्रतिशत रोपाइ भएको थियो । पूर्वाञ्चलको मध्यपहाडमा १९.७१ प्रतिशत, मध्यमाञ्चलको मध्यपहाडमा २३.९६ प्रतिशत, पश्चिमाञ्चलको मध्यपहाडमा २६.७६ प्रतिशत, मध्यपश्चिमाञ्चलको मध्यपहाडमा ३९.७६ प्रतिशत, सुदूरपश्चिमाञ्चलको मध्यपहाडमा ३६.८६ प्रतिशत रोपाइ भएको थियो ।

पूर्वाञ्चलको तराईमा १२.६१ प्रतिशत, मध्यमाञ्चलको तराईमा ७.३८ प्रतिशत, पश्चिमाञ्चलको तराईमा २३.५४ प्रतिशत, मध्यपश्चिमको तराईमा २३.९ प्रतिशत र सुुदूरपश्चिमको तराईमा ५४.३ प्रतिशत रोपाइ भएको थियो । नेपालमा कुल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान खेती हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here