झरी परिरहे पछि हरियो तरकारीको भाउ सँधैजसाे घटबढ

काठमाडाैं –

झरी परिरहेकाले हरियो तरकारीको भाउ घटबढ भइरहेको छ । कम आयात हुँदा एकै दिन तरकारीको भाउ बढ्ने गरेको छ भने आयात बढ्ना साथ भाउ घट्न थालेको छ । मुख्य थोक बजार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज धनियाँ सबैभन्दा महंगो छ ।

धनियाँ आज किलोको साढे दुई सय देखि ३ सय रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । यस्तै बजारमा आज मुला सस्तो छ । मुला किलो १५ देखि १६ रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै बजारमा आज टनेलको गोलभेडा किलोको २५देखि २८ रुपैयाँ, बन्दा किलो ३२ देखि ३५ रुपैयाँ, काउली ३८ देखि ४० रुपैयाँ, करेला २८ ३० रुपैयाँ, घिउसिमी ५५ देखि ६० रुपैयाँ, लौका २८ देखि ३० रुपैयाँ, फर्सी २८ देखि ३० रुपैयाँ, रातो आलु किलो ४२ रुपैयाँ, गोलो आलु ३५ रुपैयाँ, भारतीय आलु ३५ रुपैयाँ र सुकेको प्याज किलोको ३८ देखि ४० रुपैयाँ थोक मूल्यमा कारोबार भइरहेको छ । कालिमाटीमा आज साढे ५ सय देखि ६ सय टन तरकारी टन तरकारी भित्रिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here