संसदमा खाद्य अधिकारसम्बन्धी विधेयक प्रस्तुत

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा ‘खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५’ प्रस्तुत भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले उक्त विधेयक प्रस्तुत गर्नुभएको हो ।

यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले ‘भुक्तानी तथा फट्र्योट विधेयक, २०७५’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १० गते आइतबार १ बजे बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here