जनप्रतिनिधि कुखुराकाे खाेरमा कर लगाउन पुग्दैनन्, पाल्दा लाग्दैन, बेच्दा लाग्छ : प्रधानमन्त्री अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले करको आलोचना प्रति आपत्ति जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै करकाे विषयमा अातंक मच्चाएकाे भन्दै अापत्ति जनाएका हुन् ।

करकाे विषयमा प्रधानमन्त्री ओलीले भने, ‘नगरपालिकाका प्रमुख उपप्रमुख अण्डामा कर लाउन खोरमा पुगेका छैनन्, कर तिर्ने अभ्यास पनि गर्नुपर्छ, बिक्री गर्दा कर लाग्नु स्वभाविक हो।’

प्रधानमन्त्री ओलीले सरकारले करको नयाँ दायरा मात्र खोजेको प्रष्ट पारे। ‘करको दायरा र नयाँ क्षेत्रको खोजी भएको छ तर आलोचनाका नाममा यो विषयलाई जस्तो संवेदनशील बनाइएको छ , त्यस्तो होइन’, ओलीले भने, ‘भैँसी र कुखुरा पाल्दा कर लाग्दैन, बेच्दा लाग्छ।’

केही स्थानीय तहले नबुझी लागू गरेको करका कारण सङ्घीय सरकार र प्रदेश सरकारलाई समेत अपजस आएकाले त्यसलाई सच्याउनुपर्ने बताए ।

प्रधानमन्त्रीले दुई छिमेकी देशबीच सम्पर्क सञ्जाल विस्तारमा महत्वपूर्ण सहमति भएको र त्यसको कार्यान्वयन प्रक्रियासमेत शुरु भइसकेको समेत जानकारी दिए । “चीन र भारत दुवै देशबाट रेल सञ्जाल निर्माण प्रक्रियामा ठूलो प्रगति भएको छ ।

यस्तै समुन्द्रसम्मको पहुँचका लागि जलमार्गसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ” प्रधानमन्त्रीले भने, “हामीले नेपाल भूपरिवेष्ठित देश भन्दै आएका थियौँ अब ती दिन सकिएका छन् ।”

नदीबाट हामी समुन्द्रसँग जोडिने भएका छौँ । भारतले जुनसुकै बन्दरगाह प्रयोग गर्नसमेत दिने भएको छ । चीनतर्फ पनि सम्पर्क सञ्जाल विस्तार भएको छ” अाेलीले भनायाे ।

यही भदौ १४ र १५ गते हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा क्षेत्रीय सहयोग र पारस्परिक हितका १६ वटा विषय अगाडि बढाउन लागिएको प्रधानमन्त्रीको भनाइ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here