चितवनमा धान उत्पादनमा वृद्धि

चितवन:

चितवन जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन सामान्य रुपमा बढेको छ । धान उत्पादन केही बढेको कृषि ज्ञान केन्दका कृषि अर्थ बिज्ञ रामराज पौडेलले बताउनुभयो । उहाँले वर्षे धान २८ हजार हेक्टरमा लगाइएकोमा ९८ हजार मे. टन उत्पादन भएको तथा चैते धान र ५ हजार हेक्टरमा लगाइएकोमा २१ हजार मे. टन उत्पादन भएको जानकारी दिनुभयो । वर्षे धान र चैते धान गरेर चितवनमा कुल उत्पादन १ लाख १९ हजार मे. टन उत्पादन भएको हो । गत वर्ष ३३ हजार हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो भने उत्पादन १ लाख १८ हजार मे. टन भएको थियो । चितवन धान बालीमा आत्मनिर्भर जिल्ला हो । यहाँ उत्पादित धान बुटवल, पोखरा, काठमाडौ लगाएतका जिल्लामा जाने गर्दछ । चितवनको खेती गरीएको जमिन ४४२९१ हेक्टर छ । कुल क्षेत्रफलको १९.९७ प्रतिशत खेती योग्य जमिन छ । कुल खेती योग्य जमिनको ९४.४५ प्रतिशत भागमा खेती गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here