पर्वत –
अग्ला र लामा झोलुङ्गे पुलका कारण चर्चामा रहेको कालीगण्डकी नदीमाथि बन्दै गरेको बिश्वकै अग्लो पैदलयात्री पुल र बन्जिजम्पको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्वतको सदरमुकाम कुश्माबजारदेखि छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिकाको बलेवा जोड्नेगरी कालीगण्डकी माथि निर्माण भएको पुल सहितका संरचना निर्माणको काम अन्तिम चरणमा पुगेका लगानीकर्ताहरुले जनाएका छन् ।
बिश्वकै दोस्रो अग्लो बञ्जी जम्प, बिश्वकै अग्लो लठ्ठामा खेलिने पिङ्ग स्वङ्ग०, बिश्वकै अग्लो र नेपालकै एक मात्र तारमा खेलिने ९स्काई साइक्लिङ० को निर्माण कार्य करिब ८० प्रतिशत काम सकिएको सञ्चालक राजु कार्कीले बताउनुभयो । ‘हामी पुल, बञ्जी र रिर्सोट निर्माणको काम ५ महिना सम्ममा सक्छौ ।’ उहाँले भन्नुभयो ‘हामीले ६ महिना अघि नै सक्ने लक्ष्य राखेका थियौ, प्रबिधी र निर्माण सामाग्री जुटाउँदा अलि समय लाग्यो।’ कालीगण्डकी माथि ५ सय २० मिटर लामो र २ सय २८ मिटर उचाइको सिंगल स्पान झोलुंगे पुल बिश्वकै अग्लो र साहसीक पैदलयात्री पुल हो ।
कालीगण्डकीको खोंचमा बागलुङको नारायणस्थान र पर्वतको कुश्मा जोड्ने गरी बनाइएको पुल निर्माणका लागि नेपालमा यति लामो लठ्ठा तान्ने प्रबिधी र सामाग्री नहुदा पनि केही समय बढी लागेको सञ्चालक कार्र्कीले बताउनुभयो । मुलुककै अन्य बन्जी स्पटमध्ये नमुना मानिएको यो पुल र बञ्जी २०७३ बैशाखमा निर्माण सुरु भएको थियो । बञ्जी जम्पसँगै पर्यटकहरुलाई थप आकर्षणका लागि स्काइ साइक्लिङ, स्वीङ र रिसोर्ट समेत सञ्चालनको तयारी भैरहेको छ। स्काई साइक्लिङ बिश्वकै अग्लो र लामो हो । ‘मकाउमा दुई टावरजोड्न यो भन्दा लामो भएपनि नेचुरल्ली बनाएको यो नै बिश्वकै अग्लो हो।’ कार्कीले दाबी गर्नुभयाे। नेपालमा स्काई साइक्लिङ अन्यत्र छैन ।
कुश्माका नेत्र पराजुली, नवराज पौडेल, युवराज जोशी, राजन जोशी, सिन्धुपाल्चोकका राजु कार्र्की, फ्रेन्च नागरिक फ्लोरेन्स र प्रभु बैंकको ऋण लगानीमा बञ्जी जम्प निर्माण भैरहेको हो । १५ करोडमा रिर्सोट सहितका संरचना सम्पन्न गर्ने लक्ष्य राखिएको सञ्चालक कार्र्कीले बताउनुभयो । साहसिक पर्यटनमा रुची राख्ने पर्यटकलाई लक्षित गरि बनाउन थालिएको बन्जिजम्प पर्वतको चिनारी हुने बिश्वास लिइएको छ । बञ्जी जम्पमा आउने पर्यटकहरुलाई ध्यानमा राखेर बागलुङको बलेवामा २५ रोपनी क्षेत्रफल जग्गामा ग्ल्याम्पिङ्ग रिसोर्ट संचालनको लागि संरचना निर्माण काम भैरहेको छ । रिर्सोटमा सबै जसो कोठाहरु टेन्टबाट बनाइदै छ । टेण्टबाट सबै बाहिरी दृश्य देखिने गरि निर्माण भैरहेको छ । १० वटा डिलक्स र १० वटा स्टान्र्डड टेण्ट बनाइएको छ । जसमा ६० जना सम्म पर्यटक बस्न सक्छन, खुल््ला चौरमा बस्नका लागि टेण्टहरु राख्ने र त्यसरी ३ सय जना सम्म राख्न सकिने कार्र्कीको भनाई छ ।
पुलमा तल राखिएका आँखी झ्याल डेकबाट तल हेर्दा आनन्द लिन सकिने भएकाले साहसिक पर्यटन बढ्ने बिश्वास कार्र्कीको छ । सबै संरचना बनि सकेपछि कुस्मा बजार नेपालमै साहसीक पर्यटनको हब बन्ने बिश्वास उनको छ । कुस्माबाट बागलुङ्गको मुलाबारी तथा घोरेपानी तर्फ पनि पदयात्रा र हाइकिङ्ग गर्न सकिने गरि प्याकेज बनाउने तयारी सञ्चालकको छ । फेमिली प्याकेज सहित आउने पर्यटकहरुले बञ्जी, स्विङ्ग र स्काई साइक्लिङ तथा हाइकिङ्ग गर्न सकिने ब्यबस्थापन हुने उहाँको भनाई छ ।