चितवन – तोरीका लागि प्रख्यात जिल्ला चितवनमा पछिल्ला वर्षमा यसखेती तर्फको आकर्षण अझ बढेर गएको छ । मलको अभाव, जग्गाको खण्डीकरण, रोगव्याधि जस्ता कारण केही वर्षअघि तोरी लगाउने किसानले आलुखेती गर्ने गरेका थिए । पछिल्ला तीन वर्षमा तोरी लगाउने क्रम बढेर गएको कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख सुधिर श्रेष्ठका अनुसार अघिल्लो वर्षको तुलनामा यसवर्ष एक सय हेक्टर क्षेत्रफल बढेको छ । किसानको तोरीखेतीतर्फ आकर्षण बढेसँगै क्षेत्रफलमा पनि वृद्धि भएको उहाँले बताउनुभयो । गतवर्ष जिल्लामा १२ हजार चार सय हेक्टर क्षेत्रफलमा तोरी लगाइएको थियो । यो वर्ष १२ हजार ५०० हेक्टरमा तोरी लगाइएको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष २०७३/७४ मा जिल्लामा १२ हजार तीन सय हेक्टरमा तोरी लगाइएको थियो । किसानले आफूले खानका लागि मात्रै भए पनि तोरी लगाउने क्रम बढेको कृषि ज्ञानकेन्दका कृषि अर्थ विज्ञ रामराज पौडेलले बताउनुभयो । बजारको तेलमा मिसावट हुने आशङ्कामा किसानले आफ्ना लागि आफैँ उत्पादन गर्न लागेको केन्द्रका कृषि अर्थ विज्ञ पौडेलको भनाइ छ । क्षेत्रफल बढेसँगै उत्पादनमा पनि वृद्धि हुने अनुमान कार्यालयले गरेको छ । यससँगै विकल्पका रूपमा यो मौसममा लगाइने आलुमा भन्दा तोरीमा लाभ बढी हुने देखिएपछि किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । तोरी लगाउन सजिलो र नाफा राम्रो हुने पनि केन्द्रका प्रमुख श्रेष्ठ बताउनुहुन्छ । विगतका वर्षमा मलको अभाव भए पनि पछिल्ला वर्षमा तोरीमा प्रयोग हुने मलको आपूर्ति सहज हुनेगरेको छ ।
तोरीका लागि माटोमा बन्दक नामक तत्व आवश्यक पर्ने हँुदा त्यो तत्व दिने एमोनियम सल्फेट (चिनी मल) प्रयोग हुने गर्दछ । सो मलको प्रयोगले तोरीमा दाना पुष्ट हुने र तेलमा गुणस्तर वृद्धि हुने कार्यालयले जनाएको छ । पौडेलका अनुसार यो वर्ष तोरीको उत्पादन गत वर्षको तुलनामा ३४३ मेट्रिकटन बढी हुने अनुमान गरिएको छ । गतवर्ष १३ हजार ४०७ मेिट्रकटन तोरी उत्पादन भएको यस जिल्लामा यो वर्ष १३ हजार ७५० मेट्रिकटन उत्पादन हुने कृषि ज्ञानकेन्दका कृषि अर्थ विज्ञ रामराज पौडेलले बताउनुभयो । जिल्लाको माडी, भरतपुर महानगरपालिकाका केही स्थान र पूर्वी चितवनमा बढी मात्रामा तोरी लगाइन्छ ।
I needed to put you one bit of remark to help say thank you over again over the pretty things you have discussed here. This is really seriously generous of you to offer openly all some people would’ve made available as an electronic book to help with making some profit for themselves, most notably now that you could have done it if you ever wanted. The principles also worked to provide a good way to know that other people have similar keenness similar to my personal own to grasp very much more related to this issue. Certainly there are thousands of more pleasant occasions in the future for many who go through your website.
Some truly great information, Sword lily I found this.
It¦s actually a cool and useful piece of info. I am glad that you just shared this useful information with us. Please stay us informed like this. Thanks for sharing.