पोलिटेक्निकका विद्यार्थीले बनाए अस्थिपञ्जर (फाेटाे फिचर)

चितवन -नेपाल पोलिटेक्निक ईन्स्टिच्युट, भरतपुर, चितवनका भेटेरिनरी स्नातक अध्ययनरत विद्यार्थीहरुले विभिन्न जनावरका अस्थिपञ्जर बनाएका छन् ।

विद्यार्थीहरुले कुखुरा अन्तर्रगत गिरिराज, न्युजिल्यान्ड ह्वाइट जातको खरायो, खरी जातको बाख्रा, लोकल कुकुर, लोकल बंगुर, होलिस्टेन जातको गाई, र्मुह्रा जातको भैसी, र घोडाको अस्थिपञ्जर बनाएको नेपाल पोलिटेक्निक ईन्स्टिच्युट, भरतपुर, चितवनका सहायक प्रशासकीय अधिकृत जयप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँले विद्यार्थीले गर्ने नवीन क्रियाकलापमा कलेजले सँध्रै सहयोग दिने पनि बताउनुभयो । अस्थिपञ्जर निर्माणको व्यवस्थापकिय पाटो डा.नगेन्द्र सुवेदी सहजिकरण गर्नुभएको थियो ।

ईन्स्टिच्युटका विद्यार्थी सुनील ज्ञवालीको अगुवाइमा मिलन खनाल, लक्ष्मी पौडेल, विक्रम खड्का, लगाएयतले देशका विभिन्न ठाउँबाट संकलन गरेर ४० दिन लगाएर विभिन्न आठ थरीका पशुपंछीका अस्थिपञ्जर बनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here