कृषि सम्बन्धि सूचना तथा प्रशारण गर्ने सरकारी निकाय हो, कृषि सूचना तथा प्रशिक्षण केन्द्र । यो ललितपुरको हरिहरभवनमा रहेको छ । कृषि सूचना तथा प्रशिक्षण केन्द्रले गर्ने काम तथा यसका विभिन्न पाटोमा रहेर वरिष्ठ कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी डा.राजु घिमिरेसँग सहकर्मी प्रदिप पौडेलले कुराकानी गर्नुभएको छ ।
कृषि सूचना तथा प्रशिक्षण केन्द्र भनेको के हो र यसले कस्ता कस्ता कामहरु गर्दछ ?
आर्थिक वर्ष ०७५/७६ साउनबाट साबिक कृषि सूचना तथा संचार केन्दबाट नाम परिर्वतन भएर कृषि सूचना तथा प्रशिक्षण केन्द« भएको छ । यसले विभिन्न मिडियाहरु प्रयोग गरेर हरेक दिन टेलिभिजन, रेडियो मार्फत कृषि कार्यक्रम निर्माण तथा प्रसारण गर्दै आएको छ ।
साथै कृषि दैमासिक पत्रिका पनि यस केन्द्रबाट प्रकाशन हुदै आएको छ । हामीले प्रकाशन गर्ने पत्रिकाको एक अंकमा कुनै एक विषयलाई मात्र जोड दिन्छौ र त्यसलाई देशैभरका कार्यालयमा उपलब्ध गराउँदै आएका छौ । साथै टेलिभिजन तथा रेडियो कार्यक्रममा कृषि विज्ञको उपस्थितीमा किसानका विभिन्न समस्याको समाधान गर्दै आएका छौ ।
केन्द्रले सुरु गरेको किसान कल सेन्टर प्रभावकारी नभएको गुनासो छ नी ?
किसान कल सेन्टर २०७२ फागुन १६ गतेबाट संचालनमा आएको हो । यो कल सेन्टरको टोल फ्री नम्बर १६६००१९५००० मा किसानले निशुल्क आफ्ना गुनासा तथा समस्या टिपाउन सक्छन् ।
किसानले टिपाएका गुनासा तथा समस्यालाई हामीले विभिन्न विज्ञहरुको सहयोग मार्फत समाधान गर्दै आएका छौ । तर कुनै समयमा विज्ञको अभाव हुँदा किसानको समस्या समयमा समाधान नभएको हुनसक्छ तर प्रभावकारी नै नभएको होइन ।
देश संघीय संरचना गएको छ । यस्तो अवस्थामा सूचना केन्द्रले सेवा कसरी प्रदान गरिरहेको छ ?
कृषि सूचना तथा प्रशिक्षण केन्द्र कृषि तथा पशुपंक्षी मन्त्रालय अन्र्तगतको एक निकाय हो । देश संघीय संरचनामा जानु पहिला पनि यस केन्द्रले विभिन्न क्षेत्रिय निकायबाट आफ्ना सेवा उपलब्ध गराउँदै आएको थियो ।
संघीयतामा गए पछि तीनै निकायलाई हामीले प्रदेशमा लगेका छौ । तर कृषि सूचना तथा प्रशिक्षण केन्द्रलाई प्रभावकारी बनाउन विभिन्न प्रदेशबाट कार्यक्रम उत्पादन गर्न सके अझै प्रभावकारी हुने हामीले आभाष गरेका छौ ।
अहिले केन्द्रमा कर्मचारीको अवस्था कस्तो रहेको छ ?
कृषि सूचना तथा प्रशिक्षण केन्द्रमा पहिला ३७ जनाको दरबन्दी थियो । अहिले कृषि तालिम निर्देशनालय, कृषि सूुचना तथा संचार केन्द र राष्ट्रिय कृषि अनुुसन्धान तथा विकास कोष मर्ज भएपछि दरबन्दी ४४ जनाको छ ।
कृषि तालिम निर्देशनालय र पशुुपंछी तालिम निर्देशनालय खारेज भएर अहिले कृषि तालिम शाखा र पशुुपंछी तालिम शाखा भएर यस कार्यालय मातहत आएको छ । ४४ जनाको दरबन्दीमध्य हाल २८ जनाको मात्रै पदपूर्ती भएको छ ।
कर्मचारी समायोजन तथा विभिन्न कारणले केन्द्रमा कर्मचारीको अभाव छ । जसका कारण काममा केही असहजता आएको छ ।
9 This result underscores that comparison of historical and recent data can be highly misleading, in particular when housing conditions have changed can you buy priligy over the counter Hardly natural, HFCS is made in a lab
Cardiac Structure, Function, and Hemodynamics at Baseline [url=https://fastpriligy.top/]priligy reviews[/url]
donde puedo comprar pastillas cytotec Rogge took the opportunity to inquire which do you take first zaroxolyn or lasix about the two artifacts, Nation of Sin and Paradise Lost