यसरी मनाइयो १६ औं धान दिवस (फोटोफिचर)

वर्दिया । कृषि मन्त्री चक्रपाणी खनालको उपस्थितीमा १६ औं धान दिवस बर्दियाको राजापुरमा मनाइएको छ ।

 

‘धान खेतिमा प्रबिधी र यान्त्रिकिकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने मूल नाराका साथ १६ औं धान दिवस मनाइएको हो ।

दिवसको कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले राजापुरमा ट्रयाकटर जोतेर र धान रोपेर उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले नेपालको कृषि अझै पनि आकर्षणको केन्द्र बन्न नसकेको तर्क गर्नुभयो ।

दक्ष युवा जनशक्ति विदेश पलायन हुँदै जाँदा खेतीयोग्य जमिन पनि बाझो हुँदै गएको उहाँको भनाई छ ।

कृषि क्षेत्रमा परिवर्तन ल्याउनका लागि सोच र कृषि प्रणालीमा सुधार गर्नु पर्ने मन्त्री खनालले बताउनुभयो ।

कृषकको जीवनशैली नबदलिकन यसको विकास हुन नसक्ने भन्दै उहाँले त्यसको लागि कृषियोग्य जमीनको खन्डिकरण गरि कृषिमा यान्त्रिकीकरण र आधुनिकीकरण गरिनु पर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here