दूधकाे मूल्य भदाै १ गतेबाट बढने

कृषि तथा पशुपक्षी मन्त्रालयले दूधको मूल्य वृद्धि गर्ने भएको छ । मन्त्रालयले दूधको मूल्य वृद्धि गर्ने सैद्धान्तिक सहमति गरी मूल्य निर्धारणका लागि कार्यदलसमेत गठन गरेको छ ।

राष्ट्रिय दूध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वमा गठन भएको कार्यदललाई मन्त्रालयले दूधको मूल्य निर्धारण गर्न नौ बुँदे कार्यविधिसहितको जिम्मेवारी दिएको छ ।

मूल्य निर्धारणका आधारहरू विश्लेषण गरी दूधको मूल्य निर्धारण गर्ने, क्षेत्रगत रूपमा दूधको उत्पादन लागत विश्लेषण गर्ने, दूध ढुवानी, चिस्यानलगायतका व्यवस्थापकीय खर्च, फ्लस (धेरै दूध उत्पादन हुने समय) तथा सुक्खा (कम दूध उत्पादन हुने समय) सिजनको प्रभावलाई समेत विश्लेषण गरेर दूधको मूल्य निर्धारण गर्ने कार्यविधिमा उल्लेख छ ।

साढे दुई वर्षदेखि दूधको मूल्य नबढेको सहकारीमा आबद्ध किसानले चरणबद्ध आन्दोलन गर्दै आइरहेको थिए । सहकारीले प्रतिलिटर १० र डेरी उद्योगीहरूले आठ रुपियाँ मूल्य वृद्धि हुनुपर्ने माग गरेको छन ।

नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले दूधको मूल्य दुई किसिमले वृद्धि गर्ने फ्लस सिजनका लागि प्रतिलिटर आठ र सुक्खा सिजनका लागि १० रुपियाँ वृद्धि गर्ने छलफल भइरहेको बताउनुभाये तर कति मूल्य निर्धारण गर्ने त्यसको टुङ्गो नलागेको उहाँले बताउनुभयो । अहिले दूधको मूल्य प्रतिलिटर ४५ देखि ५० रुपियाँ रहेको छ ।

कार्यदलले शुक्रबार प्रतिवेदन बुझाएपछि तोकिएको मूल्य भदौ १ गतेदेखि लागू हुने नेपाल डेरी एसोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

देशमा पाँच लाख ५० हजार लिटर दूधको आवश्यकता छ तर उत्पादन तीन लाख ६० हजार मात्र भइरहेको छ । निजी डेरी उद्योगीले मात्र दैनिक दुईदेखि अढाई लाख लिटर दूध बिक्री वितरण गर्दै आइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here