बागलुङ । बैशाख पहिलो साता परेको असिना पानीका कारण बागलुङको तरकारी तथा फलफुलमा ठुलाे क्षती पुगेको छ ।
कृषि ज्ञान केन्द्रका पर्वतका अनुसार बागलुङमा ५३२.२७ मेट्रिक टन तरकारी तथा फलफुल क्षती भएको हो । बागलुङ जिल्लाका विभिन्न ६ वटा स्थानीय तहका कृषकले लगाएका फलफुल तथा तरकारी खेतीमा क्षती झण्डै २ करोड १९ लाख १६ हजार भन्दा धेरै भएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार बागलुङ जिल्लाका ६ स्थानीय तहमा भएको क्षतीको विवरण यसप्रकार रहेको छ :
क्र.स. | गा. पा. / न. पा. | क्षति रु मुल्यमा | क्षति मे.ट. |
१ | गल्कोट नगरपालिका | ३०,६०,५०० | ७६.५१ |
२ | बडीगाउ गाउँपालिका | ३९,६५,००० | ९३.५ |
३ | तमनखोला गाउँपालिका | ७९,००,००० | १९७.५ |
४ | ताराखोला गाउँपालिका | ५,३५,००० | १३.३८ |
५ | काठेखोला गाउँपालिका | ५०,७२,२०० | ११५.२ |
६ | जैमिनि नगरपालिका | १३,८४,००० | ३४.६ |
कुल क्षति | २,१९,१६,७०० | ५३०.६९ | |
स्रोतः कृषि ज्ञान केन्द्र, पर्वत |