सामूहिक कृषिमा लागेको केरुङ्गा कृषि फर्म (भिडियोसहित)

चितवन । एक दशकभन्दा बढीदेखि विद्यार्थी राजनीतिमा सक्रिय निशा अधिकारीलाई आजभोलि कृषि फार्ममा पनि भेट्न भेटिन्छ । विसं २०६५ मा मैयादेवी कन्या कलेजको स्ववियु सभापति भएपछि विद्यार्थी राजनीतिमा उदाएकी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुको केन्द्रीय नेत्री अधिकारी यसअघि सचिवालय सदस्य, तत्कालीन नारायणी अञ्चल इन्चार्ज हुनुभएको थियो ।

उहाँ पार्टी एकीकरणअघि सो अनेरास्ववियुको अनुशासन आयोगको अध्यक्ष हुनुहुन्थ्यो र अहिले पनि केन्द्रीय सदस्य हुनुहुन्छ । नेकपाको क्षेत्रीय कमिटीमा पनि आबद्ध हुनुहुन्छ ।

समाजसेवीका रुपमा पनि परिचित अधिकारी यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल सञ्चालक समिति सदस्यसमेत पनि हुनुहन्छ तर उहाँ आजभोलि मूलत आफ्नो कृषि फार्ममा भेटिनुहुन्छ । कृषि क्षेत्रका अग्रज, पूर्वप्रशासक, विदेशबाट फर्किएका मेहेनती युवा र स्थानीयसँग सहकार्य थरी यो फार्म खोलिएको हो ।

सो समूहले भरतपुर महानगरपालिका–२४ को नयाँबस्तीमा केरुङ्गा सामूहिक तरकारी कृषि फार्म सञ्चालनमा ल्याएको छ । ६२ बिघा जमिनमा सिँचाइको व्यवस्था गरेर यसै आवबाट तरकारी खेती गर्न शुरु गरिएको हो । अधिकारीको सो समूहमा अरुको जस्तै शेयर छ । उहाँको कुनै पद छैन, यद्यपि बिहानदेखि बेलुकासम्म फार्ममै व्यस्त हुनुहुन्छ । तरकारी लगाउनेदेखि बजारीकरणसम्म उहाँले सक्रिय भूमिका खेल्दै आउनुभएको छ ।

स्थानीय ९६ शेयरधनीले रु २० हजारदेखि रु एक लाखसम्म लगानी गरेर फार्म सञ्चालन गरिएको हो । वार्षिक प्रतिकठ्ठा रु दुई हजार भाडामा ७० जनाको जग्गा भाडामा लिएर तरकारी खेती गरिएको छ ।

लकडाउनको समयमा समेत बारीको तरकारी कुहिन र सर्वसाधारणको भान्सामा अभाव हुन नदिन जनप्रतिनिधिको समन्वयमा काठमाडौँ, पोखरासम्म तरकारी पु¥याउँदै आइएको अधिकारी बताउनुहुन्छ । उहाँकै सक्रियतामा बजारीकरणको काम भइरहेको छ । समूहले घरमा आवश्यक पर्ने सबै खालका तरकारीलाई एउटै पोको पारेर सस्तो मूल्यमा घरघरमा पु¥याउने काम गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here