काठमाडौं । तिब्बतबाट च्यांग्रा नआउँदा यो वर्ष पनि मुस्ताङमा च्यांग्राको अभाव देखिएको छ । मुस्ताङमै च्यांग्रा नपाइएपछि यो वर्षको दशैंमा सहुलियतमा खसीबोका मात्रै बिक्री गर्न लागिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
१४ सय च्यांग्रा सहुलियतमा बिक्री गर्ने कम्पनीको योजना पूरा नहुने देखिएको हो । १६ सय खसीबोका र १४ सय च्यांग्रा किन्न बजेट बिनियोजन गरे पनि च्यांग्रा नपाइएको कम्वनीले जनाएको छ । कोरोना महामारीका कारण चीनले कोरला नाकामा दुई वर्षदेखि कडाइ गर्दा च्यांग्रा र भेडीचरण तथा त्यस क्षेत्रमा हुने हाटसमेत प्रभावित भएको कम्पनीले जनाएको छ ।
मुस्ताङमा च्यांग्रा नपाइएपछि यस वर्ष ६ करोड रुपैयाँको तीन हजार हाराहारी खसीबोका खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । घटस्थापनाको एक दुई दिनअघि काठमाडौं आइपुग्ने गरी हेटौंडा, दाङ र नेपालगञ्जबाट यो वर्ष खसीबोका ल्याउने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good.