असिना पानीका कारण बागलुङमा २ करोड धेरैको कृषिबाली नष्ट

बागलुङ ।  बैशाख पहिलो साता परेको असिना पानीका कारण बागलुङको तरकारी तथा फलफुलमा ठुलाे क्षती पुगेको छ ।

कृषि ज्ञान केन्द्रका पर्वतका अनुसार बागलुङमा ५३२.२७ मेट्रिक टन तरकारी तथा फलफुल क्षती भएको हो । बागलुङ जिल्लाका विभिन्न ६ वटा स्थानीय तहका कृषकले लगाएका फलफुल तथा तरकारी खेतीमा क्षती झण्डै २ करोड १९ लाख १६ हजार भन्दा धेरै भएको कृषि ज्ञान केन्द्रका प्रमुख बासुदेव रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार बागलुङ जिल्लाका ६ स्थानीय तहमा भएको क्षतीको विवरण यसप्रकार रहेको छ :

क्र.स. गा. पा. / न. पा.  क्षति रु मुल्यमा क्षति मे.ट.
१ गल्कोट नगरपालिका ३०,६०,५०० ७६.५१
२ बडीगाउ गाउँपालिका ३९,६५,००० ९३.५
३ तमनखोला गाउँपालिका ७९,००,००० १९७.५
४ ताराखोला गाउँपालिका ५,३५,००० १३.३८
५ काठेखोला गाउँपालिका ५०,७२,२०० ११५.२
६ जैमिनि नगरपालिका १३,८४,००० ३४.६
कुल क्षति २,१९,१६,७०० ५३०.६९
स्रोतः कृषि ज्ञान केन्द्र, पर्वत