यो वर्ष खाद्यान्न बालीको उत्पादकत्वमा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान

काठमाडौं – अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७४/०७५ का अनुसार चालू आवमा मुलुकभर कुल १ करोड ९ हजार टन खाद्यान्न उत्पादन हुने अनुमान गरेको छ । सर्वेक्षणअनुसार गहुँ, मकै र तरकारी बाली, माछालगायतका उत्पादनमा वृद्धि हुँदा यो वर्षको समग्र कृषि उत्पादन तथा उत्पादकत्व दुवैमा वृद्धि हुने देखिएको हो । जसअनुसार यो वर्ष खाद्यान्न बालीको उत्पादकत्वमा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण ०७४/०७५ का अनुसार चालू आवमा मुलुकभर कुल १ करोड ९ हजार टन खाद्यान्न उत्पादन हुने अनुमान छ । सर्वेक्षणअनुसार गहुँ, मकै र तरकारी बाली, माछालगायतका उत्पादनमा वृद्धि हुँदा यो वर्षको समग्र कृषि उत्पादन तथा उत्पादकत्व दुवैमा वृद्धि हुने देखिएको हो । जसअनुसार यो वर्ष खाद्यान्न बालीको उत्पादकत्वमा ५.१ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

कुल खेतियोग्य जमिनमध्ये ७९.१ प्रतिशत क्षेत्रमा मात्र खेती भएको छ । कृषियोग्य क्षेत्रफल घटे पनि बीउ, मल, सिँचाइ, कृषि प्रविधिलगायतको समयमा आपूर्तिले उत्पादकत्वमा भएको वृद्धिले समग्र उत्पादन बढेको हो । “चालू आर्थिक वर्षमा धानको उत्पादनमा कमी आए पनि गहुँ, मकै आदिको उत्पादनमा वृद्धि भएकाले कुल मूल्य अभिवृद्धिमा सामान्य वृद्धि रहने अनुमान छ,” सवेक्षणमा भनिएको छ, “चालू आवमा कृषि तथा वन क्षेत्रको उत्पादनमा धान, तरकारी, गहुँ, मकै, आलु र दलहन बालीको हिस्सा ५३.७ प्रतिशत रहने अनुमान छ ।” चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान २७.१ प्रतिशत रहने अनुमान गरिएको छ ।

कृषि क्षेत्रको नेपालको समग्र उत्पादन दुई दशकयताको सन्तोषजनक रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । “विगत दुई दशकको अवधिमा नेपालको कृषि क्षेत्रको उत्पादन औसत ३.२ प्रतिशतले बढेको छ,” सर्वेक्षणमा उल्लेख छ, “यस अवधिमा यस्तो वृद्धिदर भारतको ३.२ प्रतिशत र चीन तथा बंगलादेशको ३.९ प्रतिशत रहको छ ।”

कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान बढ्दै गएको छ भने कृषि क्षेत्रको योगदान क्रमशः घट्दै गई २७.६ प्रतिशतमा सीमित भएको सवेक्षणमा उल्लेख छ । चालू आथिृक वर्षमा कुल निजी उपभोगमा खाद्य वस्तु, गैर खाद्यवस्तु र सेवाको अंश क्रमशः ६४.५ प्रतिशत, २५.५ प्रतिशत र १० प्रतिशत रहने अनुमान गरिएको छ ।

चालू आवमा मुख्य बाली धानको उत्पादन १.५ प्रतिशतले घटेर ५१ लाख ५२ हजार टनमा सीमित भएको छ । बाढी, पहिरो र कटानका कारण उत्पादन घटे पनि धानको उत्पादकत्व भने बढेर ३.५ प्रतिशत पुगेको छ । दोस्रो बाली मकै र तेस्रो बाली गहुँको उत्पादनमा क्रमशः ९.४ प्रतिशत र ५ प्रतिशतले वृद्धि भएको छ । फापर र जौको उत्पादन भने घटेको तथ्यांक छ । धान, मकै र गहुँको औषत उत्पाकत्व भने ३ प्रतिशत रहेको छ । आलुको उत्पादनमा १२.१ प्रतिशतले वृद्धि भई ३० लाख ८८ हजार टन उतपादन हुने अनुमन छ भने तरकारी तथा फलफूलको उत्पादनमा भने कमी आउने अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here