पाँचथर – पाँचथरको माथिल्लो भेगमा उत्पादित मुलाले मूल्य नपाएको किसानहरुले गुनासो गरेका छन् । विगतका वर्षमा अहिलेकै सिजनमा प्रतिकिलो ३५ रुपैयाँमा विक्री भएको मुला यस वर्ष १३ रुपैयाँमा विक्री गर्नुपरेकोले किसान मर्कामा परेको बताएका छन् ।
मूल्य वृद्धि नहुँदा फिदिम नगरपालिका –३ कान्छि दोकानका कृषकहरुले आफ्नो निमेक समेत नउठ्ने बताएका छन् ।
विगतमा मुलाबाटै बार्षिक २ लाख सम्म अम्दानी गरेका कृषकले एकातिर रोग किराको संक्रमण बेहोर्नु परेको छ भने अर्कातिर मूलाले मुल्य नपाएपछि जिविकोपार्जनमा नै समस्या भएको छ ।
फिदिमको कान्छिदोकान, गोले गाउँ, सिलौटी, पौवाभञ्ज्याङलगायतका क्षेत्रमा किसानहरुले मुलाबाटै जिविको पार्जन गर्दै आएका छन् । यस क्षेत्रमा मुला र आलु मुख्य बालिका रुपमा कृषकहरुले लगाउदै आएका छन् ।