काठमाडौं – भुइकटहर सबैभन्दा सर्वोत्तम फलफुल हो । यसलाई विभिन्न् तरिकाले खान सकिन्छ । यसलाई गर्मी अनी चिसो दुबै हुँदा विभिन्न तरिकाले औषधिको रुपमा पनि सेवन गर्ने गरिन्छ । भुईकटहमा न्युट्रेसन पाइन्छ । यसमा रोगसंग लड्न सक्ने भिटामिन अत्याधिक हुने भएकाले यसलाई प्रतिरोधात्मक औषधिको रुपमा पनि लिने गरिन्छ ।
भुईकटहरर यसको तत्वहरुमा स्वास्थ्यलाई हुने फाइदाहरु जोडिएको छ । यसले डाइजेसन , प्रतिरक्षाको वृद्धि र सरजरीबाट चाँडै रिकभरी लगाएतका थुप्रै कार्यमा सहयोग मिल्छ । पाइनपलमा क्यालरी कम हुन्छ । तर राम्रो न्युट्रेसन हुन्छ । यसमा अत्याधिक मात्रामा भिटामिन ए पाइने हुनाले यसले रोग प्रतिरोधात्मक क्षमतालाई बृद्धि गर्ने हो । यसमा अन्य भिटामिन सि, बी, फाइबर जस्ता शरिरलाई अत्यावश्यक भिटामिन पाइन्छ । केहि अध्ययनहरुले भुईकटहरले क्यानसर रोगलाई कम गर्ने देखाएको छ ।
यसको सेवन गरेमा स्वास्थ्यको लागि धेरै फाइदा छ । शरीरको रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन सक्ने अचुक शक्ति लुकेको हुन्छ । यसको सेवनले फ्लु अनि साधारण रुघाखोकीहरुले कहिल्यै आक्रमण गर्न सक्तैन । भुईकटहरमा कोलाजेन भन्ने तत्व लुकेको हुन्छ जुन चांही छाला रेखदेखका लागि अति आवश्यक छ ।
यो तत्व हरेक छाला हेरचाहका लागि उत्पादन गरिएको सौन्र्य सामग्रीमा समेत मिलाईएकै हुन्छ । यो फल सेवन गर्नाले चाउरी परेको छाला लगायत छाला जन्य अनेकौ समस्याहरुबाट सहजै छुटकारा पाउन सकिन्छ ।