जमिन बाँझो राख्ने जग्गा धनीलाई कारबाही सुरु

पूर्वी चितवनमा रहेको रत्ननगर नगरपालिकाले जमिन बाँझो राख्ने जग्गा धनीलाई कारबाही गर्न सुरु गरेको छ ।

उत्पादनमूलक जग्गालाई बाँझै राख्नेलाई नगरसभाबाटै निर्णय गरी जरिवाना लिन थालिएको नगर प्रमुख नारायण वनले जानकारी दिए । विभिन्न वडामा बाँझो जमीन राख्नेविरुद्ध गरिएको कारबाहीबाट अहिलेसम्म एक लाख ३६ हजार रुपैयाँ राजश्व सङ्कलन भएको वनले बताए ।

नगरपालिकाले बाँझो जमीन राखेको पाइएमा प्रतिकठ्ठा पाँच सय रुपैयाँका दरले जरिवाना लिने गरेको नगरपालिकाले जनाएको छ । सबैभन्दा बढी वडा नं १४ मा जग्गा खाली रहेकोमा नगरपालिकाले कारबाही थालेपछि केही जग्गा धनी सचेत हुन थालेको वनले बताए ।

रत्ननगर नगरपालिकाले यहाँको सरकारी जग्गाको संरक्षण अभियानसमेत अगाडि बढाएको जग्गा संरक्षण समितिका संयोजक हरिकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब ३० विघाहा सार्वजनिक जग्गा खोजी गरी संरक्षण गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here