चितवन । नेपाल पोलिटेक्निक इन्स्टिच्युट चितवनले उत्पादन गरेको स्यानिटाइजर विभिन्न निकायलाई निःशुल्क वितरण गरेको छ ।
भरतपुर–११ आसपासका तरकारी तथा फलफूल विक्री गर्ने कृषक तथा व्यापारी र एग्रोभेट तथा सरकारी कार्यालयलाई निशुल्क वितरण गरेको हो । स्यानिटाइनर इन्स्टिच्युटस्टका प्रवन्ध निर्देशक ई.बाबुराम उपाध्यायको उपस्थितिमा बितरण गरिएको हो ।
स्यानिटाइजर नेपाल पोलिटेक्निक इन्स्टिच्युट चितवन र सत्कार भेट सेन्टर तनहुँको सहकार्यमा उत्पादन गरिएको हो ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार तयार पारिएको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड, भिटामिन इ र गुलाफको रसको समिश्रण गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप प्राध्यापक सरोज सापकोटाले जानकारी दिनुभयो ।
१ हप्तामा १ हजार लिटर स्यानिटाइजर उत्पादन गरेर बितरण गर्ने लक्ष्य रहेकोे नेपाल पोलिटेक्निक इन्स्टिच्युटका सह प्रशासकीय अधिकृत जय घिमिरेले जानकारी दिनुभयो ।